स्वास्थ्य

  • जुनसुकै बेला बल प्रयोग गरेर डा. केसीलाई काठमाडौं ल्याउछौँ : शिक्षा मन्त्री पोखरेल

    काठामाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले जुम्लामा पुगेर आमरण अनशन बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको बेला जुनसुकै बेला बल प्रयोग गरेर काठमाडौं ल्याइने बताएका छन्। शिक्षा पत्रकारिता पुरस्कार २०७४ वितरण कार्यक्रमा बोल्दै ...


  • जाजरकोट अस्पतालका स्वास्थ्यकर्मीको आन्दोलन स्थगित

    जाजरकोट : पाँच महिनादेखि तलबभत्ता नपाएको भन्दै काम गर्न छोडेका जाजरकोट अस्पतालका स्वास्थ्यकर्मीले आन्दोलन स्थगित गरेर काममा फर्किएका छन्। लामो समयदेखि रोकिएको तलब अर्थ मन्त्रालयले स्वीकृत गरेपछि आन्दोलनरत अस्पतालका चिकित्सकसहितका स्वास्थ्यकर्मी काममा फर्किएका हुन्। जिल्ला अस्...


  • पर्वतमा सात बालबालिकासहित १०९ जना एचआइभी संक्रमित

    पर्वत : पर्वतमा १०९ जनामा एचआइभीको संक्रमण भएको पाइएको छ। संक्रमितमध्ये सात जना बालबालिका रहेका छन्। संक्रमित बालबालिकामध्ये दुई जना पाँच वर्षमुनिका रहेको जिल्ला स्वास्थ्य कार्यालय, पर्वतकी निमित्त कार्यालय प्रमुख सजीना महर्जनले जानकारी दिए। उनका अनुसार संक्रमित सातै जना ...


  • वार्ता गर्न तयार छु : गोविन्द केसी

    काठमाडौं :  विभिन्न माग राख्दै विगत १२ दिनदेखि अनशनरत डा गोविन्द केसीले आफू वार्तामा बस्न तयार रहेको बताएका छन्।  डा.केसीले बुधबार एक विज्ञप्ती निकाल्दै सरकारी व्यक्तिले भनेको जस्तो आफू वार्ताका लागि तयार नभएको भन्ने अभिव्यक्तिको खण्डन गर्दै वार्ताका ला...


  • संजीवनी हस्पिटलमा डाक्टर-व्यवस्थापक विवाद : बोर्ड बैठकबाट दुईजना निलम्बित

    विराटनगर : विराटनगरको हस्पिटल चाेकमा रहेको संजीवनी हस्पिटल एण्ड अाइभीएफ सेन्टर प्रालिका २ जना व्यवस्थापक निलम्बनमा परेका छन्। अस्पतालका कार्यकारी निर्देशक अमलेश कर्ण र प्रशासकीय अधिकृत राम पण्डितलाई अस्पतालको बोर्ड बैठकले हटाउने निर्णय गरेको हो। दुवै जनाले डाक्टर...


  • केसीको समर्थनमा चिकित्सक संघले अस्पतालअगाडि एक घण्टा धर्ना दिने

    काठमाडौं : नेपाल चिकित्सक संघले  डा. केसीको माग यथाशीघ्र पूरा गर्न सरकारलाई दबाबस्वरूप बुधबारदेखि अस्पतालमा कार्यरत चिकित्सकहरूले एक घण्टा धर्ना दिने बताएको छ। सघंले मंगलबार एक विज्ञप्ति निकाल्दै डा गोविन्द केसीको माग चाँडै सम्बोधन गर्नको लागि सरकार...


  • स्वास्थ्यकर्मीको आन्दोलनले जाजरकोटका बिरामीले उपचार पाएनन्

    जाजरकोट : भेरी नगरपालिका १ डौरीकाँडाका सुरेस रोकाय बिरामी परेपछि उपचारका लागि आइतबार जाजरकोट अस्पताल पुगे तर, स्वास्थ्यकर्मीको आन्दोलनका कारण उनले उपचार पाउन सकेनन्। उनी उपचार नपाएरै घर फर्कन बाध्य भए। सुरेसजस्तै नलगाड ८ का शेरबहादुर खत्री पनि उपचार नपाउँदा नि...


  • वर्षा र गर्मी लामखुट्टेको प्रजनन समय भएकाले टोकाइबाट जोगिन चिकित्सकको सुझाव

    चितवन : वर्षा र गर्मीको मिश्रण लामखुट्टेका लागि निक्कै उत्तम मौसम भएकाले लामखुट्टेकाे टाेकाइबाट बच्न चिकित्सकले सुझाव दिएका छन्। विभिन्न रोगहरू लामखुट्टेबाट सर्ने भएकाले यो मौसममा लामखुट्टेबाट जोगिनुपर्ने चिकित्सकको भनाई छ। चितवनको भरतपुर अस्पतालका फि...


  • मापदण्ड पुगेका मेडिकल कलेजलाई सम्बन्धन दिँदा काउन्सिललाई आपत्ति छैन :  अध्यक्ष बाँस्कोटा

    काठमाडौं :  नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा. डा. धर्मकान्त बाँस्कोटाले पूर्वाधार, गुणस्तरीय शिक्षा प्रदान गर्ने र आवश्यक मापदण्ड पूरा गर्ने मेडिकल कलेजहरुलाई सम्बन्धन दिँदा काउन्सिललाई आपत्ति नहुने स्पष्ट पारेका छन्।  उनले भने, ‘कति वर्षसम्म सम्बन्ध...


  • बिपी प्रतिष्ठानमा बिरामी रिफर गरेको आरोपमा डाक्टरलाई अवकास पत्र थमाइयो

    विराटनगर : विराटनगरको हस्पिटल चौकमा रहे को संजीवनी हस्पिटल एण्ड आईभीएफ सेन्टर प्रालिले डाक्टरको काबुमा नरहेको बिरामीलाई पनि आम्दानीको लोभमा जबर्जस्ती उपचार गराउन लगाउने गरेको खुलेको छ। अस्पतालमा कार्यरत डाक्टर आलोक रायलाई एक बिरामीलाई उपचार गर्न नसक्ने भन्दै विप...


  • डा. केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै

    जुम्ला : डाक्टर  गोबिन्द  केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्। डा केसीले अनशन थालेको आज १० दिन पुरा भइसकेको छ। ५ दिन असुरक्षित कवर्डहलमा अनशन गरेका डा केसीलाई गत २० गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थि...


  • माछा खाँदै हुनुहन्छ? क्यान्सर लाग्ला

    भारतमा माछामा क्यान्सर उत्पादन गर्ने रसायन प्रयोग गरिएको पाइएको छ।  माछालाई ताजा राख्नका लागि  फार्मल्डेहाइड नामक रसायन प्रयोग गरिएको पाइएको हो। तामिलनाडुको जयललिता मत्स्य विश्वविद्यालयका वैज्ञानिकहरुले चेन्नाईका दुई सहरहरूमा गरेको परीक्षणमा माछामा क्यान्सर...


  • रकम नहुँदा सुत्केरी भत्ता वितरण भएन

    बैतडी : बैतडीका धेरैजसो स्थानीय तहमा सुत्केरी आमाले पाउनुपर्ने सुत्केरी भत्ता पाउन सकेका छैनन्। गत फागुनदेखि धेरै ठाउँमा सुत्केरी आमाले भत्ता पाउन नसकेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका पब्लिक हेल्थ नर्स ममता जोशीले बताइन्। रकम कम विनियोजन भएकाले चालु आर्थिक ब...


  • समयमा उपचार नपाउँदा सुत्केरीको ज्यान गयो

    ओखलढुंगा : ओखलढुंगामा अत्याधिक रक्त स्रावका कारण एक सुत्केरी महिलाको मृत्यु भएको छ। खिजिदेम्बा गाउपालिका ९ घुन्साका २१ वर्षीया छोचिन शेर्पाको अत्याधिक रक्तस्रावका कारण मृत्यु भएको हो। आइतबार बिहान घरमै छोरी जन्माएकी शेर्पाको साल अड्किएर लगातार रक्त स्राव भएको बताइएको...


  • तनहुँमा प्रभावकारी बन्दै स्वास्थ्य बिमा

    तनहुँ : स्वास्थ्यको पहुँच नागरिकसम्म पुर्‍याउन सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रम तनहुँमा प्रभावकारी बन्दै गएको छ। जिल्लामा ३६ हजार ३६८ जना सर्वसाधारणले स्वास्थ्य बिमा गरेका छन्। उक्त संख्या आठ हजार ९४५ परिवारको भएको स्वास्थ्य बिमा बोर्ड प्रदेश ४ शाखा कार्या...


  • तीनसय गर्भवती र सुत्केरी आमालाई कुखुरा वितरण

    नवलपरासी : नवलपरासीको कावासोती नगरपालिकामा गर्भवती रहेका र सुत्केरी भएका आमा गरी तीन सयजना आमालाई कुखुराको वितरण गरिएको छ। कावासोती नगरपालिकामा सञ्चालित सुनौलो हजार दिन कार्यक्रमअन्तर्ग कुखुरा वितरण गरिएको हो। कावासोती नगरपालिकामा तीन सयजना सुनौला हजार दिन...


  • महिनौँ बित्दासमेत जडान भएन दुर्गमको एक्स–रे मेसिन

    संखुवासभा : संखुवासभा जिल्ला उत्तरी क्षेत्रको सिलिचोङ गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रको लागि ल्याइएको एक्स–रे मेसिन अझै जडान हुन सकेको छैन। सात महिनाअघि ल्याइएको उक्त मेसिन दक्ष  प्राविधिक नभएकोले अझै  जडान हुन सकेको छैन। स्वास्थ्य विभागबाट प्रा...


  • अटिजमका रोगी बढ्दै गएकोमा चिन्ता

    काठमाडौं :  विश्वमा प्रत्येक ५९ जना बालबालिकामध्ये एकजनामा अटिजमको समस्या देखिए पनि नेपालमा कति बालबालिका यसबाट प्रभावित छन् भने यकिन तथ्यांक छैन । वर्षेनी १५ प्रतिशतका दरले अटिजमका रोगी थपिँदै गएकामा यसको उपचारका लागि अहिलेसम्म राज्यले कुनै ध्यान नदिएको सम्...


  • जिल्ला अस्पतालमा मौसमी बिरामीको चाप

    बैतडी : वर्षायाम लागेसँगै बैतडी जिल्ला अस्पतालमा बिरामीको चाप बढेको छ। अस्पतालमा मौसमी बिरामीहरु यो समयमा बढी पुग्ने गरेका हुन्।  दैनिक जसो ६० देखी ७० जना बिरामी अस्पतालमा उपचारको लागी आउने गरेका मेडीकल अधिकृत डाक्टर देवेन्द्र लेखकले बताए। डाक्टर लेख...


  • सुर्खेतका ३८० बालबालिका विद्यालय बाहिर

    सुर्खेत : अझै पनि ३८० जना बालबालिका विद्यालय बाहिर नै रहेको पाइएको छ। शिक्षा विकास तथा समन्वय इकाइ सुर्खेतले यो वर्ष २१३ छात्रा र १६७ छात्र गरी कुल ३८० विद्यार्थी विद्यालय बाहिर रहेको जनाएको हो।  शिक्षाको पहुँच भन्दा बाहिर नरहुन् भन्ने उद्देश्यले सुर्ख...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]