स्थानीय निर्वाचन-२०७९

क्वारेन्टाइनमा मृत्यु भएका युवकमा देखिएन कोरोना, मलामी आइसोलेसनमै

जेठ २७, २०७७

    बैतडी : क्वारेन्टाइनमा मृत्यु भएका पाटन नगरपालिका–६ सन्तोलीका ३० वर्षीय हरिश लुहारको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। मृतक लुहारको थ्रोट स्वाबको नमुना धनगढी प्रयोगशालामा परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। 

    गत शनिबार बिहान भारतको बैंगलोरबाट आएका उनी सोही वडाको भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टाइनमा रहेका लुहार त्यही रात एक्कासी बेहोस भएका थिए। बेहोस भएका उनलाई प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा उपचारका लागि पुर्याउँदा राति ८ बजे मृत्यु भएको थियो।

    मलामी सबै आइसोलेसनमै  

    क्वारेन्टाइनमा मृत्यु भएका पाटनका ती युवकको दासंसकारका लागि मलामी जानेहरुलार्ई आइसोलेसनमै रहेका छन्।  मृतकको पिसिआर रिपोर्ट नआउँदै दाहसंस्कार गरिएकाले मलामी जाने छजनालाई पाटनस्थित शैक्षिक तालिम केन्द्रको आइसोलेसनमा राखिएको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए। उनीहरु सबैको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ।

    मलामीहरु युवकसँगै क्वारेन्टाइनमा बस्नेहरु हुन्। मृतकको रिपोर्ट नेगेटिभ आएको भए पनि उनीहरुलाई १४ दिन आइसोलेसनमै राखिने नगरपालिकाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]