रुपन्देहीका तीनजनाले जिते कोरोना
जेठ २७, २०७७
दाङ : बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालबाट तीनजना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेमा रुपन्देहीका बिरामी हुन्।
उनीहरुलाई मंगलवार बिहान डिस्चार्ज गरिएको अस्पतालका सदस्य सचिव डा. सर्बेश शर्माले जानकारी दिए। संक्रमितहरु अस्पतालमा करिब १८ दिन बसेका थिए। योसँगै यस अस्पतालबाट २१ जना डिस्चार्ज भइसकेका छन्।
अस्पतालमा अहिले ४८ जना कोरोना संक्रमितहरु रहेको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।