स्थानीय निर्वाचन-२०७९

मृत्यु भएकी सुत्केरीको पिसिआर रिपोर्ट नआउँदा शव व्यवस्थापनमा अन्योल

जेठ २७, २०७७

    भक्तपुर : भक्तपुर अस्पतालमा मृत्यु भएकी सुत्केरीको पिसिआर रिपोर्ट नआउँदा शव व्यवस्थापनमा अन्योल भएको छ। 

    आइतवार साँझ सुत्केरी भएको आधा घण्टामा मृत्यु भएका सिन्धुपाल्चोक लिशंखुपाखर घरभई हाल चाँगुनारायण नगरपालिका–३ झौखेल बस्ने ३६ वर्षीया महिलाको स्वाब परीक्षणको पिसिआर रिपोर्ट नआउँदा शब व्यवस्थापनमा अन्योल भएको हो। मृतकको पिसिआर रिपोर्ट नआउँदा भक्तपुर अस्पतालको सेवा समेत सुचारु हुन सकेको छैन।

    मृतक महिलाको शब भक्तपुर अस्पतालको प्रशुती वार्डमा नै राखिएको छ। अस्पताल आउँदा रुघाखोकीको लक्षण र स्वासप्रस्वास पनि समस्या देखिएका ती महिलाको भक्तपुर अस्पतालमा गरिएको आरडिटी परीक्षणमा कोरोना पोजिटिभ देखाएको थियो। स्वस्थ शिशु जन्माएका ती महिलाको मृत्यु भएपछि अस्पतालले घाँटीको स्वाबको नमूना संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाएको हो।

    अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मिलन सुवालले रिपोर्ट आएपछि शव व्यवस्थापनको लागि सबै तयारी भइसकेको जानकारी दिए। ‘स्वाब परीक्षणको नतिजा आएपछि शबको दाहसंस्कारको लागि पशुपति लाने सबै प्रक्रिया पुरा भइसक्यो,’ उनले भने।

    मृतकको स्वाबको पिसिआर रिपोर्ट नआएपनि कोरोना संक्रमण भएको आशंकामा अस्पतालमा चिकित्सकसहित ७ जनालाई क्वारेन्टाइनमा पठाएको छ। अध्यक्ष सुवालका अनुसार अस्पतालमा तीन चिकित्सक, तीन नर्स र एक जना सहयोगीलाई सोमवार साँझदेखी खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्र क्वारेन्टाइनमा पठाएको छ। त्यसैगरी मृतकका श्रीमान, उनका दुई बच्चा, छोरी ज्वाईं र घरबेटीलाई पनि खरिपाटीको क्वारेन्टाइनमा पठाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]