काठमाडौं : कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा अहिले सामान्य वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनु...
काठमाडौं : चीन सरकारको एक सरकारी संस्था दि इकोनोमिक जोइन्ट कमिटी अफ चाइना कमर्सियल स्टक इन्टरप्राइजेजले नेपाली संस्था ट्रान्स हिमालयन सोसाइटीलाई कोरोना भाइरसविरुद्ध अपनाउनुपर्ने स्वास्थ्य सुरक्षाका लागि स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएको छ।
नेपालमा जारी कोरोना भाइरसको महामारी नियन्त्रण र रोकथामका लागि सहयोग स्वरुप ठूलो मात्रामा ती सामग्री उपलब्ध गराएको हो। प्राप्त सामग्रीमा ३० हजार थान डिस्पोजेबल मास्क र अरु ५ हजार थान के एन ९५ मास्क रहेको सो संस्थाका अध्यक्ष फान सियाओबोले आज एक विज्ञप्ति प्रकाशन गरेर जानकारी गराएका छन्।
ती सामग्रीहरु नेपालका विभिन्न स्थान तथा संस्थामा आवश्यकताका आधारमा सहयोग स्वरुप उपलब्ध गराइने ट्रान्स हिमालयन सोसाइटी नेपालका अध्यक्ष प्राडा राजीवकुमार झाले बताए।
मित्र राष्ट्र चीनले नेपालका कोरोना महामारीको नियन्त्रणका लागि यसअघि पनि विभिन्न सहयोग उपलब्ध गराएको र यो पछिल्लो समयमा उक्त सोसाइटीमार्फत नेपाली नागरिकलाई ती सामग्री सहयोग गरेको बताए।
युवा वैज्ञानिक प्राडा झा चीनको सियान विश्वविद्यालयमा प्राध्यापन गर्छन् भने चीन नेपाल फ्रेन्डसिप मेडिकल रिसर्च सेन्टरका अध्यक्ष पनि हुन्। उनी चीन सरकारद्धारा प्रदान गरिने विभिन्न अन्तर्राष्ट्रिय अवार्डहरुबाट पनि सम्मानित भएका छन्।
नेपाल चीन सम्बन्धको विकास र विस्तारका लागि विगत लामो समयदेखि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका प्राडा झामार्फत सियान महानगरपालिकाले बुटवल उपमहानगरपालिकालाई यस्तै स्वास्थ्य सामग्री सहयोग गरेको थियो। ती सामग्रीहरु नेपाली दूतावास चीनमा रहेका र नेपाल आउने प्रक्रियामा रहेका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।