राजनीति

गगन थापाको आरोप : प्रधानमन्त्रीको अहंकारले कोरोना महामारी फैलियो

५ वटा पिसिआर मेसिन किनेर १० अर्बको हिसाब देखाइयो

फाइल फाेटाे
जेठ २७, २०७७

    काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले प्रधानमन्त्रीको अक्षमताले नै अहिले देशले कोरोनाको महामारी बेहोर्नु परेको आरोप लगाएका छन्।

    आजको संसद बैठकमा प्रतिपक्षी दलले विरोध जनाएपछि सभामुखले थापालाई विरोध जनाउनको कारण बताउन समय दिएका थिए। त्यही क्रममा थापाले सरकार महामारीको समयमा भ्रष्टचारमा लिप्त भएको पनि आरोप लगाए। 

    ‘सरकारले न कांग्रेसको, अदालतको, न प्रेसको कसैको सुनेन। आज हाम्रो नियन्त्रणमा रहँदा रहँदै पनि यो अवस्था भएको छ,’ उनले भने, ‘यो त्यसै भएको होइन यसको दोष कस्को हो? के कानुनले गर्दा रोकेको हो? अदालतले रोकेको हो? के ढुकुटीमा पैसा नभएर रोकिएको हो? के कांग्रेसले रोकेको हो? कल्ले रोकेको? यो रोकेको केबल सबै कुरा म जान्दछु भन्‍ने प्रधानमन्त्रीको अहंकारले रोकेको हो। सरकारको अर्कमण्यताले रोकेको हो। सरकारको असक्षमताकोे कारणले गर्दा यो अवस्था बेहोर्नु परेको छ।’

    पटक पटक कांग्रेसले ध्यानाकर्षण गराएको पनि उनको भनाई छ। उनले नेपालमा कोरोनाका कारण १४ जनाको मात्रै ज्यान गएको हो? भन्दै सरकारलाई प्रश्‍न पनि गरे। 

    ‘नेपाल भन्दा बाहिर १२७ जना नेपालीको कोभिड १९ का कारण मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालय भन्छ नेपाल भित्र १४ जनाको मृत्यु भएको छ। ३७६२ जना संक्रमित भएका छन्। तर, के मृत्यु हुनेको संख्या १४ मात्रै हो?’ उनले भने, ‘त्यसो भए भोकबाट मारिएका सूर्यबहादुर तामाङ वा झुण्डिएर मरेका चन्द्रबहादुर परियार, औषधि खान नपाएर मरेकी कंकादेवी बोहोरा वा सुत्केरी भएर अस्पताल लान नपाएर मरेकी लालकुमारी रोकायको मृत्युको जिम्मा कसले लिन्छ? क्वारेन्टाइनमा मृत्यु भएकी सुनिता लोहारको मृत्युको जिम्म कल्ले लिन्छ? झुण्डिएर मर्न बाध्य भएका लीलाबल्लभ वा आत्मदाह गर्न बाध्य भएका सिद्धार्थ आउजीको जिम्मा कसले लिन्छ?’  

    उनले कांग्रेसले बैठक बसेर यो सरकारले कोरोना रोकथाम गर्न नसक्ने निश्कर्ष निकालेको पनि जानकारी  गराए। ‘हामीलाई अब उत्तर चाहिन्छ? १० अरब खर्च कहाँ भयो हामीलाई यसको उत्तर चाहिन्छ। पाँचवटा पिसिआर मेसिन किन्ने, २५ हजार किट किनेर १० अर्ब रुपैयाँको हिसाब किताब देखाउनु पर्दैन?’ उनले प्रश्‍न गरे। 

    भिडियो

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]