राजनीति

रुपन्देही हत्यकाण्डमा गृहमन्त्रीको ध्यान जाओस् : छविलाल विश्‍वकर्मा

जेठ २७, २०७७

    काठमाडौँः रुपन्देहीमा भएको पाँचजनाको हत्या आरोपितलाई कारवाही गर्न सत्तारुढ  नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद छविलाल विश्वकर्माले माग गरेका छन्। 

    मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै विभत्स उक्त सामूहिक हत्याकाण्डको छानविन गर्नका लागि गृहमन्त्री रामबहादुर थापा बादललाई ध्यानाकर्षण गरेका हुन्।

    ‘५ जनाको हत्या भएको घटनालाई गृहमन्त्रीको ध्यान तत्काल जान आवश्यक हुन्छ,’ उनले भने, ‘घटना सेलाइसकेपछि नभएर अहिल्यै गृहमन्त्रीले त्यहाँ छानविन गरेर सत्य तथ्य बाहिर ल्याउनुपर्छ।’

    रुपन्देहीको तिलोत्तमा नगरपालिका-१० स्थित मैनैयाएको एक कृषि फार्ममा गएराति पाँचजनाको हत्या भएको थियो। ज्यान गुमाउनेमा रूपन्देही मुगृया बालापुरका ४० वर्षीय माधव मुसहर, उनकी ३७ वर्षीया श्रीमती जानकी मुसहर, ठेगाना नखुलेका १४ वर्षीय पोखराज मुसहर, रूपन्देही तिलोत्तमा १० का १६ वर्षीय करण चौधरी र १५ वर्षीय आशिष चौधरी रहेका छन्।

    घटनामा संलग्न रहेको भन्दै प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ परेका ती युवकले फोरुवाले हानेर ज्यान लिएको स्वीकारेका छन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]