समाज

क्वारेन्टाइनमा पठाइएको चामल गुणस्तरयुक्त रहेको प्रमाणित

जेठ २७, २०७७

    कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं ४ का क्वारेन्टाइनमा बस्दै आएका व्यक्तिहरुलाई भात खुवाउन आपूर्ति हुँदै आएको चामल मापदण्ड अनुरुप रहेको प्रमाणित भएको छ।

    खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीमा परिक्षण गरिएको चामल सरकारले तोकेको गुणस्तर मापदण्ड अनुसारको रहेको प्रमाणित भएको हो। कार्यालयका निमित्त प्रमुख दिपक कुवँरले प्राप्त नमूनाको प्रयोगशामा विश्लेषण गरिएका प्यारामिटरहरुमा चामलको नमूना सरकारले तोके अनुसारको मापदण्ड अनुरुप रहेको बताएका छन्।

    सामाजिक सञ्जाल फेसबुकमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं ४ का क्वारेन्टिनमा बसेका व्यक्तिहरुलाई प्लाष्टिको चामलको भात खुवाईन लागेको अफवाह फैलाईएपछि चामल परीक्षणका लागि आइतवार खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढी पठाईएको थियो।

    फेसबुकमा प्लाष्टिको चामल भन्दै फोटो सहितका स्टाटस लेखिएपछि कालिका माध्यमिक विद्यालय र राष्ट्रिय माध्यमिक विद्यालयमा बस्दै आएका भारतबाट फर्केर आएका क्वारेन्टिनमा बस्दै आएका व्यक्तिहरुले जनप्रतिनिधिविरुद्ध नारा लगाउदै चामल परिक्षणको माग गरेका थिए।

     जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रशासकीय अधिकृत खगेन्द्र भारती, इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरिक्षक धर्मेन्द्ररावल, वडा अध्यक्ष ज्ञान बहादुर बिष्ट, नगर प्रवक्ता जगत बहादुर सिंह र सञ्चारकर्मी लगायतको रोहवरमा चामलको नमूना परिक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढी पठाईएको थियो।

    सामाजिक सञ्जालमा अफवाह फैलाउने व्यक्तिहरु विरुद्ध प्रचलित कानुनबमोजिम कार्वाही प्रकृया अगाडी बढाईने अधिकृत भारतीले बताए।  

    वडा अध्यक्ष ज्ञानबहादुर बिष्टले प्रयोगशालामा परिक्षण गर्दा चामलको नमूना सरकारी मापदण्ड अनुरुप रहेको पाईएको बताए। सामाजिक सञ्जाल फेसबुकमा अफवाह फैलाउने र जनप्रतिनिधलाई गालीगलौज गर्ने माथि कार्वाही प्रकृया अगाडी बढाईने उनले बताए।  

     सितल खाद्य उद्योग पर्साले उत्पादन गरेको एप्पल ब्राण्डको जीरा मसिनो चामल महेन्द्रनगरको देव केएसटीले राना टेर्डस झलारी मार्फत क्वारेन्टिनमा आपूर्ति गर्दै आएको छ।  

    प्लाष्टिकको भात खुवाइन लागेको अफवाहपछि चामल प्रयोगशाला पठाइयो

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]