राजनीति

प्रदीप गिरिलाई प्रदीप ज्ञवालीको जवाफ : अस्त्रले वैरभाव बढाउँछ, हामी त्यसमा विश्‍वास गर्दैनौं

जेठ २७, २०७७

    काठमाडौं : भारतले हडपेको आफ्नो भूमि समेटेर जारी गरिएको नक्सालाई सोमबारको प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसका सांसद प्रदीप गिरिले 'नक्सा अस्त्र'को संज्ञा दिएका थिए। 

    गिरिले प्रतिनिधि सभाको बैठकमा रामले रावणलाई प्रहार गरेको जस्तै अस्त्र नेपालले भारतविरूद्ध नक्सा अस्त्र प्रयोग गरेको बताएका थिए। ‘मेघराजले हनुमानलाई अथवा रामले रावणलाई प्रयोग गरेजस्तै अस्त्र प्रयोग गरेका छौँ। बह्माअस्त्र/वायोअस्त्र जस्तै नक्सास्त्र’, गिरिले भनेका थिए, ‘अब हामीले प्रयोग गरेको नक्सालाई विफल हुन नदिन हामीले जुन कूटनीति अपनाउनुपर्ने हो के त्यसबारेमा हाम्रो मन्त्रालय सजग छ?’

    उनले यसो भनेको कुरालाई लिएर मंगलबार परराषट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले जवाफ फर्काएका छन्। नेपालले आफ्नो भूगोल समेटेर जारी गरेको नक्सालाई अस्त्रका रुपमा व्याख्या नगर्न ज्ञवालीले गिरिलाई आग्रह गरे।

    उनले नेपालको नक्सा कसैविरुद्धको अस्त्र नभएको बताउँदै यो त नेपालको आफ्नो भूगोल समेटिएको दस्तावेज भएको बताए। 'माननीय प्रदीप गिरिले नक्सालाई अस्त्रका रुपमा व्याख्या गर्नु भएको रहेछ। तर अस्त्रले त वैरभाव, रिस र द्वेष बढाउँछ', उनले भने, 'हामीले त्यसो भन्‍नु हुँदैन। बुद्धको भूमिका हामी अस्त्रमा विश्‍वास गर्दैनौं, हामी वार्ता नै चहान्छौं, अहिले देखिएको समस्या पनि वार्ताबाटै समाधान हुने विश्‍वास लिएका छौँ।'

    गिरिले सोमबार नेपालले आफ्नो अस्तित्व जोगाउन कूटनीतिक बुद्धिमत्ता प्रयोग गर्नुपर्ने तर्क गरेका थिए। उनले प्रधानमन्त्रीलाई नक्साअस्त्र, वायोअस्त्र, बह्माअस्त्रको मोहबाट मुक्त भएर सार्थक राजनीतिको सुझाव दिन मन्त्रीहरुसँग आग्रह गरेका थिए।

    ‘नेपाललाई सार्थक राजनीतिकतर्फ लैजान उहाँले सक्नुहुन्छ, उहाँमा दक्षता छ’, गिरिले भनेका थिए, ‘सल्लाहकार ठीक भएनन्।’ उनले यसो भनेको कुरालाई मन्त्री ज्ञवालीले मंगलबार जवाफ फर्काएका हुन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]