स्वास्थ्य

स्वास्थ्यकर्मीमा संक्रमण भएपछि स्वास्थ्य चौकीको सेवा बन्द

जेठ २७, २०७७

    कञ्चनपुर : कञ्चनपुरको पुनर्वास नगरपालिका ५ त्रिभुवनबस्तीमा रहेको स्वास्थ्य चौकीका सम्पूर्ण सेवा मंगलबारदेखि बन्द गरिएका छन्।

    स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीमा कारोना भाइरस संक्रमणको पुष्टि भएसँगै स्वास्थ्य चौकीका सबै सेवा बन्द गरिएका छन्।

    कोरोना संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा आएका व्यक्तिहरु र स्वास्थ्यकर्मीहरुको कन्ट्रयाक्ट ट्रेसिङको कार्यका लागि स्वास्थ्य चौकीका सेवा बन्द गरिएको स्वास्थ्य चौकीका प्रमुख गजेन्द्र बिष्टले बताए। 

    कोराना भाइरसको परिक्षणका लागि स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी लगायतको स्वाव संकलनको कार्यसमेत भइरहेको छ।  संकलित स्वावको नमूना परिक्षणका लागि प्रयोगशालामा पठाउछौं उनले भने,‘नतिजा नआउदा सम्मका लागि स्वास्थ्य चौकीका सेवा बन्द हुन्छन्।’

    सोमवार पुनर्वासकै स्वास्थ्यकर्मी सहित १३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको थियो।  क्वारेन्टिनमा बस्दै आएका भारत बाट फर्केका व्यक्तिहरुमा कारोनाको संक्रमण देखिएको हो। कोरोनाको संक्रमण देखिएका क्वारेन्टिनमा बस्दै आएका व्यक्तिहरुको कन्ट्रयाक्ट ट्रेसिङको कार्यसँगै स्वाब संकलनको कार्य भैरहेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]