समाज

हिमालपारिका दुईबाहेक गण्डकीका ९ वटै जिल्लामा संक्रमण

जिप्रका गोरखामा नमुना सङ्कलन गरिँदै।
जेठ २७, २०७७

    पर्वत : ११ जिल्लाहरू रहेको गण्डकी प्रदेशमा हिमाल पारीका जिल्लाका रूपमा चिनिने मनाङ र मुस्ताङबाहेक अरू सबै जिल्लाहरू कोभिड १९ बाट सङ्क्रमित भएका छन्।

    प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्यसंचालन केन्द्र गण्डकी प्रदेशका संयोजक नवराज शर्माका अनुसार हालसम्मको तथ्याङ्कअनुसार प्रदेशका ९ जिल्लामा कुल सङ्क्रमितहरूको सङ्ख्या १ सय ४४ पुगेको छ। उनीहरू स्याङ्जाका ३८, बागलुङका ४०, नवलपरासी बर्दघाट सुस्ता पूर्वका २९, गोरखाका ११, पर्वतका ९, कास्कीका ५, तनहुँका ३, म्याग्दीका ३ र लमजुङका १ जना रहेका छन्।

    सङ्क्रमित भएकामध्ये पोखराका १ जनाको काठमाडौँमा र गोरखाका १ जनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा आइसोलेसनमा राखेर उपचार चलिरहेको छ। गण्डकीका सङ्क्रमितमध्ये ४ जना उपचारपछि निको भएर घर फर्किएका छन्। जसमा बागलुङका २, लमजुङका १ र नवलपरासीका एक जना रहेका छन्।

    सङ्क्रमण भएको हुन सक्ने उच्च आशंकमा स्याङ्जाका २२ जना सहित कुल २९ जनालाई प्रि आइसोलेसनमा राखिएको छ। संयोजक शर्माले सङ्क्रमितहरू सबैलाई आइसोलेसनमा र उच्च जोखिम भएकाहरू कतिपयलाई पनि आइसोलेसन र प्रि–आइसोलेसनमा राखेर उपचार जारी राखिएको जानकारी दिँदै क्वारेनटाइनमा बसिरहेकाहरूको सङ्ख्या २ हजार १२ जना रहेको बताए।

    गण्डकी प्रदेशमा स्याङ्जाको वालिङ नगरपालिकाका १ जना ६० वर्षीय वृद्धको आइतबार राति भएको निधन नै कोरोना सङ्क्रमितको पहिलो निधन हो। आइतबार नै ती वृद्धमा कोरोना सङ्क्रमण भएको पुष्टि भएको थियो।

    सोमबार साँझ मात्र नवलपुरका ५ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको प्रदेशमा मङ्गलवार बिहानै थप २४ जनामा सङ्क्रमण रहेको पाइएको हो।

    कति भयो परीक्षण?

    प्रदेशमा हालसम्म ५६ सय ५८ जनाको पिसिआर परीक्षण गरिएकोमा ४५ सय ६४ नमुनामा सङ्क्रमण देखिएको छैन। यस्तै ९ सय ९ स्वाबको रिपोर्ट आउन नै बाँकी रहेको छ। यस्तै कुल ९ हजार ४ सय ६३ जनाको आरडिटी गरिएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]