बर्दिया : जिल्लाका थप ४ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन्। दाङको बेलझुण्डी विशेष कोरोना अस्पतालमा उपचाररत ४ जनामा पछिल्लो पटकको परिक्षणमा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो।
बर्दिया बाँसगढी नगरपालिकाका १ जना र गुलरिया नगरपालिकाका ३ जना उपचारपछि निको भएका जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका जनस्वास्थ्य निरीक्षक कृष्ण गोपाल चौधरीले बताए।
बाँसगढीका एक जनामा जेठ ११ गते तथा गुलरियाका ३ पुरुषमा १२ गते संक्रमण पुष्टि भएको थियो। उनीहरु भारतबाट फर्किएका थिए। यससँगै बर्दियामा कोरोनालाई जितेर घर फर्कनेको संख्या ७ पुगेको छ। यसअघि बर्दियाको बढैयातालका एक युवा १५ दिनमै कोरोनालाई जितेर घर फर्किएका थिए।
राजापुरकी एक बालिका र गुलरियाका एक युवक पनि उपचारपछि निको भएर घर फर्किसकेका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।