७२ जिल्लामा संक्रमण फैलियाे, संक्रमितकाे संख्या ४ हजार नाघ्याे
काठमाडाैं : नेपालमा मंगलबार ३ सय २३ जना काेराेना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित पत्रकार सम्मेलनमा यसबारे बताइएकाे हाे। थपिएका चितवन, धादिङ बागलुङ म्याग्दी तथा धनुषालगायत जिल्लाका छन्।
मंगलबार थपिएका ३२३ संक्रममितसँगै नेपालम अब कुल संक्रमितको संख्या चार हजार ८५ पुगेको छ। त्यस्तै, आज ९६ जनाले कोरोना संक्रमणलाई जितेर डिस्चार्ज भएका छन्। यससँगै कुल डिस्चार्ज हुनेको संख्या ५ सय ८४ पुगेको छ।
पछिल्लो समय नेपालमा कोरोनाको संक्रमण तीव्र रूपले फैलिइरहेको छ। मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसरा हालसम्म ७२ जिल्लामा कोरोना फैलिइसकेको छ। पछिल्लोपटक संक्रमण हुनेमा इलाम जिल्ला परेको छ।
यस्तै अहिलेसम्म १ लाख ६ हजार ३ सय ३१ पिसिआर परीक्षण भएको छ। यस्तै १ लाख ६६ हजार १ सय ५८ आरडिटी परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा ५ हजार ३ य ५३ पिसिआर परीक्षण भएको छ भने ९ हजार १ सय ६७ आरडिटी परीक्षण भएको छ ।
प्रवक्ता गौतमका अनुसार देशभर १ लाख ६५ हजार ७ सय ७५ जना व्यक्तिहरु क्वारेन्टाइनमा रहेका छन् । यस्तै आइसोलेसनमा रहेका संक्रमितहरुको सख्या ३ हजार ४ सय ८७ रहेको छ।
हालसम्म डिस्चार्ज हुनेको संख्या ५ सय ८४ पुगेको छ। जसमध्ये ५ सय ७ जना पुरुष छन् भने ७७ जना महिला रहेका छन्। पछिल्लो २४ घण्टामा संक्रमण निको भई घर जानेको संख्या ९६ रहेको छ। उनीहरु मध्ये ८८ जना पुरुष र ८ जना महिला रहेका छन्।
संक्रमित जिल्लाहरुको संख्या ७२ पुगेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।