काठमाडौं : पश्चिमी तथा स्थानीय वायुको प्रभावका कारण मंगलबार बिहान देशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ। मौसम पूर्वा...
म्याग्दी : नेपालमा साढे दुई महिना लामो लकडाउन (बन्दाबन्दी) का कारण उद्योग,व्यापार,व्यवसाय र दैनिक कार्यहरु पनि बन्द भएका छन्। मानिसहरु घरभित्र बस्दाबस्दा वाक्कदिक्क हुन थालेका छन् भने विकास निर्माणका कामहरु पनि प्रभावित भएका छन्।
तर म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलाका बासिन्दाहरु भने लकडाउनको यो अवधिमा सामाजिक दूरी कायम गर्दै जंगलमै बास बसेर पदमार्ग निर्माणमा जुटेका छन्।
धौलागिरि आइसफल पदमार्गअन्तर्गत चिमखोलाको भौगोलिक रुपमा विकट ससलधारा क्षेत्रमा पदमार्ग निर्माणका लागि स्थानीयबासी जंगलमै बास बसेका हुन्। बैशाख अन्तिम हप्ता पदमार्ग निर्माणका लागि गएका चिमखोलाबासीहरु विभिन्न दुख, कष्ट सहेर अप्ठ्यारो पहाडमा जोखिम मोलेर पदमार्ग खनिरहेका छन्।
बस्तीदेखि टाढाको ठाउँमा पदमार्ग निर्माण गर्नका लागि स्थानीयबासी लकडाउनका बीच जंगलमै बसेर काम गरिरहेका उपभोक्ता समितिका अध्यक्ष धु्रबकुमार पाइजाले बताए। उनका अनुसार दैनिक ७० जनाले पदमार्ग निर्माणमा काम गरिरहेका छन्। पदमार्ग निर्माणस्थल ससलधारा पुग्न चिमखोलाबाट ९ घण्टा पैदल हिँड्नुपर्छ।
ओडार र टेण्ट टागेर पदमार्ग निर्माणमा खटिएका मजदुरहरुलाई खानेबस्ने व्यवस्था मिलाइएको छ। धौलागिरि हिमालको आधार शिविर नजिकै पर्ने उक्त स्थानमा पदमार्ग बनाउन पर्यटन मन्त्रालयले गाउँपालिकामार्फत पचास लाख रुपैयाँ विनियोजन गरेको छ।
हिउँ पग्लिएलगत्तै सुरु भएको पदमार्ग निर्माणको काम बर्खा सुरु नहुदासम्म जारी हुनेछ। कोरोनाको जोखिमका बीच भौतिक दुरि कायम गरेर पदमार्ग बनाइरहेका स्थानीय अगुवा गम पुनले बताए। प्रतिनिधिसभा सदस्य थममाया थापाको पहलमा नेपालका एक सय पर्यटकीय गन्तब्यमा सूचिकृत धौलागिरि आइसफल पदमार्गमा पूर्वाधार निर्माणका लागि बर्षेनी काम भइरहेको छ। ससलधारामा पदमार्ग निर्माण भएपछि रुइसे हुँदै धौलागिरि आइसफल जाने पर्यटकलाई सहज हुने अपेक्षा गरिएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।