राजनीति

यो भूमिबाट विदेशी सेना फिर्ता पठाउने संकल्प गरौँ : गगन थापा

फाइल फाेटाे
जेठ २७, २०७७

    काठमाडौं : नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले नक्सा संशोधनसँगै नेपाली भूमिबाट विदेशी सेना फिर्ता पठाउने संकल्प प्रस्ताव पारित गराउन आग्रह गरेका छन्। नेपालको संविधानको दोस्रो संसोधन प्रस्ताव पेशभएँगै त्यसमाथिको सामान्य छलफलमा भागलिँदै उनले भारतलाई नेपालले सीमाको विषयमा गरेको पटक पटकको प्रयासको तिथिमिति सम्झाउनुपर्ने भएको पनि बताए। 

    ‘नेपालले भारतसँग यो विषयमा जानकारी गराएको तिथिमिति सम्झाउन पर्नेछ,’ उनले भने, ‘दुई वटा संकल्प प्रस्ताव छ नेकपा र कांग्रेसको एउटै प्रस्ताव बनाउँ। यो संविधान संसोधन सँगसँगै नक्सामात्रै हैन यो भूमिबाट विदशी सेना फिर्ता पठाएर छाडछौँ भन्ने संकल्प गरौँ र भनौँ सरकारलाई हाम्रो समर्थन छ।’ 
    उनले सरकार खुट्टा नकमाउ सँगसँगै जवाफदेही होउ भन्ने प्रस्ताव पनि पारित गर्न संसदलाई आह्वान गर्न सभामुखलाई आग्रह गरे।  

    उनले भारतसँग वार्ता गर्न केके तयारी भइरहेको छ जानकारी गराउन प्रधानमन्त्रीलाई आग्रह गरे। ‘हाम्रो अडानमा सुदृढरहँदै तयारी गर्नुपर्ने उनको भनाई छ। उनले केके तयारी भएको छ जानकारी गराउन पनि आग्रह गर्दछु’ उनले भने। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]