समाज

पश्चिम नवलपरासीमा क्‍वारेन्टाइनमा बस्‍ने घट्दै, संक्रमित भने बढ्दै

जेठ २७, २०७७

    नवलपरासी : पश्चिम नवलपरासीमा केही समययता क्रमश क्‍वारेन्टाइनमा बस्नेको संख्या घटिरहेको छ। क्‍वारेन्टाइनमा बस्नेको संख्या घटे पनि कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या भने बढ्दै गएको छ।

    भारतबाट आउनेहरुको संख्यामा कमी हुँदा क्‍वारेन्टाइनमा बस्नेको संख्या घटे पनि पिसिआर परीक्षणको दायरा बढाउँदा संक्रमितको संख्या भने बढेको छ।मंगलबारसम्म जिल्लाभर क्‍वारेन्टाइनमा बस्नेको संख्या ९ सय ८ रहेको छ। संक्रमितको संख्या भने ३३ पुगेको छ। आज मात्र एकै पटक सुस्ता गाउँपालिकामा १२ जना संक्रमित थपिएका छन्। यो संगै सुस्ता गाउँपालिकामा संक्रमितको संख्या १६ पुगेको छ।

    हालसम्म संक्रमित भएका सबै भारतबाट आएर क्‍वारेन्टाइनमा बसेकाहरु हुन्। 

    संक्रमित मध्ये ३ जनाले कोरोनालाई जितेका छन्। पश्चिम नवलपरासीमा रहेका ७ वटा स्थानीय तहमा ६ वटामा कोरोना संक्रमित फेला परेका छन् भने सुनवल नगरपालिकामा अहिलेसम्म संक्रमित फेला परेका छैनन्।

    जिल्लामा अहिलेसम्म १ हजार १ सय ५९ जनाको पिसिआर परीक्षणका लागि स्वाब संकलन भएको छ। जसमा ९ सय २१ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ। संक्रमित संख्या ३३ पुगेको छ भने रिपोर्ट आउन बाँकी संख्या २ सय १७ रहेका छन्। 

    बर्दघाट नगरपालिकामा २३ जना, सुनवलमा १ सय ४३ जना, रामग्राममा ३ जना, प्रतापपुरमा १६, सुस्तामा ३० जना र पाल्हिनन्दनमा २ जनाको पिसिआर रिपोर्ट आउन बाँकी छ। क्‍वारेन्टाइनमा बस्नेमा बर्दघाटमा २ सय ३२, सुनवलमा २ सय, रामग्राममा ९९, प्रतापपुरमा १ सय ७९, सुस्तामा ७८, सरावलमा ३५ र पाल्हिनन्दनमा ८५ जना रहेका छन्।
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]