स्थानीय निर्वाचन-२०७९

इलाममा पनि देखियो कोरोनाको संक्रमण

जेठ २७, २०७७

    इलाम : इलाममा पहिलो कोरोनाको संक्रमण संक्रमण देखिएको छ। भारतको चेन्नाईबाट आएको सूर्योदय नगरपालिकाका २६ वर्षीय युवाको पिसिआर टेस्ट पोजेटिभ देखिएको हो। उनलाई उपचारको लागि पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँमा रहेको अस्पतालमा पठाइएको स्वास्थ्य कार्यालय इलामका प्रमुख बृजकुमार दासले जानकारी दिए। जेठ १८ गते काँकडभिट्टा हुँदै इलाम प्रवेश गरेका उनी करफोकमा रहेको क्वारेन्टाइनमा बसेका थिए।

     नेपालमा आज मंगलबार मात्रै ३ सय २३ जना काेराेना संक्रमित थपिएका छन्। थपिएका संक्रममितसँगै नेपालमा अब कुल संक्रमितको संख्या चार हजार ८५ पुगेको छ। त्यस्तै, आज ९६ जनाले कोरोना संक्रमणलाई जितेर डिस्चार्ज भएका छन्। यससँगै कुल डिस्चार्ज हुनेको संख्या ५८४ पुगेको छ।

    पछिल्लो समय नेपालमा कोरोनाको संक्रमण तीव्र रूपले फैलिइरहेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार हालसम्‍म ७२ जिल्लामा कोरोना फैलिइसकेको छ। पछिल्लोपटक संक्रमण हुनेमा इलाम जिल्ला परेको छ।

    आज नेपालभर थपिए काेराेनाका ३ सय २३ संक्रमित

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]