राजनीति

रगतको कुरा नगर्नू, हाम्रो राष्ट्रियतामा शंका नगर्नू : लक्ष्मण लाल कर्ण

जेठ २७, २०७७

    काठमाडौं : राष्ट्रिय जनता पार्टीका सांसद लक्ष्मण लाल कर्णले आफूहरुको राष्ट्रियताको विषयमा आफुहरुमाथि शंका नगर्न अनुरोध गरेका छन्। 

    मंगलबार प्रतिनिधिसभाको बैठकमा संविधानको दोश्रो संशोधन विधेयक माथिको सैद्धान्तिक छलफलमा सहभागी हुदै उनले राष्ट्रियतामा शंका नगर्न आग्रह गरेका हुन्। 

    'हामीलाई राष्ट्रियतामा शंका नगर्न अनुरोध गर्दछु। नेपालको भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनताप्रति हाम्रो दुईमत छैन। हामीले पटक पटक भनिरहेका छौं। तर पनि आज मैले सुन्दा जुन अर्नगल कुरा सरकारपक्षबाट आएको छ भने त्यस्ता कुरालाई हामीले समर्थन गर्न मिल्छ?', उनले भने, 'त्यस किसिमबाट कसैले कसैलाई रगतको कुरा गर्न सकिन्छ? यदि रगतको कुरा गर्ने हो भने इतिहास हेर्नुपर्ने हुन्छ। त्यसकारण यस किसिमका गम्भीर विषयमा म मात्रै राष्ट्रवादी हुँ अरु होइनन् भन्‍ने कुराको कल्पना नगर्नुहोस् मेरो अनुरोध छ।'

    उनले सरकारले संविधान संशोधनको प्रस्ताव बनाउँदा भू-भागसँग सम्बन्धित विषय भएकाले संविधानको धारा ४ को क र ख  लाई पनि हेर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराए।

    'सुगौलि सन्धि भएकै हो। हार वा जीतको कुरा गर्ने  होइन। समय सापेक्ष सुगौली सन्धि भएको हो। त्यसपछि देशले विभिन्‍न सन्धि गरेको छ। महाकाली सन्धि गरेको छ। १९ सय ५० को सन्धि गरेको छ', उनले भने, 'कस कसले गरेको हो? आत्मालाई साँक्षी राखेर आज सोचोस्। यो इतिहासको कालखण्डमा के के गर्नुभयो? राष्ट्रवाद त्यो हो। कसले भूमि गुमाए?'

    भूमि फिर्ताका लागि सरकारबाट राम्रो कामको सुरुवात भएको भन्दै अझ विशेष गम्भीर रुपले चिन्तन गरेर कुटनीक माध्यमबाट समस्या समाधान खोज्न सुझाव दिएका छन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]