राजनीति

प्रधानमन्त्रीलाई प्रदीप गिरिको सुझाव : स्यालको शिकार गर्न बाघको तयारी गर्नुपर्छ

इतिहासमा नाम लेखाउने अवसर खेर नफाल्नू

जेठ २७, २०७७

    काठमाडौं : नेपाली कांग्रेसका सांसद प्रदीप गिरिले भारतले हडपेको भूमि फिर्ताका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले पर्याप्त तयारी नगरेको आरोप लगाएका छन्। 

    भारतले हडपेको भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर जारी गरिएको नक्सालाई आधिकारिकता दिन संसदमा पेश भएको संशोधन विधेयकमाथि छलफल गर्दै उनले यस्तो भनेका हुन्। 

    गिरिले भूमि फिर्ता ल्याउने हल्ला गरेर प्रधानमन्त्रीले वार्ता नै गर्न नसकेको बताएका छन्। ओ‌लीले आन्तरिक तथा बाह्य दुवैतिर कुनै कुरा नगर्दा समस्या भएको बताएका छन्। 

    'प्रधानमन्त्रीले दिल्लीसँग कति पटक वार्ता गर्नुभयो? बेइजिङसँग कुरा गर्न भ्याउनु भयो कि भएन?', गिरिले भने, 'यस्तो तयारीले कसरी भूमि फिर्ता हुन्छ? प्रधानमन्त्रीज्यू स्यालको शिकार गर्न जाँदा पनि बाघको तयारी गर्नुपर्छ नत्र खाली हात फर्किनुपर्छ।'

    ओलीले भूमि फिर्ताका लागि नेकपाकै नेतासँग पनि छलफल नगरेको आरोप लगाए। 'यसरबारेमा प्रधानमन्त्रीले आफ्नै पार्टीका नेतासँग पनि छलफल गरेको देखिएन', उनले भने, 'अन्य दलसँग पनि छलफल भए। यसरी त सम्भव हुँदैन, तयारी एकदमै कमजोर भयो।'

    गिरिले ओलीका लागि इतिहासमा नाम लेखाउने मौका आएको बताए। 'हाम्रो पालामा भएका गल्तीलाई प्रधानमन्त्रीले आफ्नै कार्यकालमा गल्ती सच्याउने अवसर आएको छ', उनले भने, 'लिम्पियाधुरासम्मको भूभाग नेपालीलाई उपभोग गर्न लगाएर आफ्नो नाम इतिहासमा लेखाउनुस्।'

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]