विश्वमा प्रत्येक दिन एक अर्ब डलरको खाना खेर जाने गरेको छ। बुधबार सन् २०२२ को तथ्यांक प्रस्तुत गर्दै संयुक्त राष्ट्रसंघले खानाको नोक्सानीलाई ...
ईरानको सर्वोच्च अदालतले जनरल कासिम सुलेमानीको हत्यामा जासुसी गरेका महमूद मूसवी माजिलाई मृत्युदण्ड दिने जनाएको छ।
अमेरिकाले ३ जनवरीमा इराकको राजधानी बग्दादस्थित विमानस्थलमा ड्रोनबाट हवाई हमला गर्दै इरानको इस्लामिक रिभोल्युस्नरी गार्ड कोर्प्सका मेजर जनरल सुलेमानीको हत्या गरेको थियो।
मिडियाहरुलाई खुफिया सुत्रहरुले दिएको जानकारीअनुसार सुलेमानीलाई सिध्याउन अमेरिकाले पूरा तयारी नै गरेको थियो। सो हत्या गराउन अभियुक्त माजिदले सुलेमानीसँग जोडिएका सूचना अमेरिका र इजरायललाई दिएको आरोप लगाइएको छ।
सुलेमानी ईरानका बरिष्ठ सैन्य कमाण्डर, उदाउँदा नेता एवम् कुड्स फोर्सका प्रमुख थिए। मध्यपूर्वमा उनले अमेरिका र इजरायलका विरुद्ध कैयौं ठूला अभियान चलाएका थिए।
महमूद मूसवी माजिदलाई अमेरिकी गुप्तचर संस्था सीआईए र इजरायली गुप्तचर संस्था मोसादका लागि जासुसी गरेको आरोपमा दोषी ठहर गरिएको छ। ईरानी सर्वोच्च अदालतका प्रवक्ता गुलाम हुसैन इस्माइलीले मंगलबार आयोजित एक पत्रकार सम्मेलनमा माजिदलाई यस अपराधका लागि मृत्युदण्डको सजाय हुने बताएका छन्।
सुलेमानीको हत्यापश्चात ईरानले इराकस्थित अमेरिकी सैन्य अखडामा मिसाइल हमला गरेको थियो। तर सो हमलामा आफ्ना कुनै सैनिक नमारिएको अमेरिकाले दावी गर्दै आएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।