समाज : सुरक्षा/अपराध

कुटाकुट हुँदा खोटाङमा एक युवाको मृत्यु

जेठ २७, २०७७

    खोटाङ : कुटाकुट हुँदा खोटाङमा एक युवाको मृत्यु भएको छ।

    झगडाका क्रममा कुटाकुट हुँदा खोटेहाङ गाउँपालिका–३ सावाकटहरे मझुवाका २७ वर्षीय सन्तोष राईको मृत्यु भएको हो।

    सोमबार साँझ कुटिएपछि घाइते भएका सन्तोष सुताएकै ठाउँमा मंगलबार बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नारायणप्रसाद चिमोरियाले बताए।

    कुटपिटपछि घाइते भएका राईलाई घट्नामै संलग्न लालबहादुर सुनुवारको घरमा लगेर राखिएकोमा बिहान मृत्यु भएको स्थानीयले बताएका छन्। झगडामा संलग्न ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

    युवाबीचमा तीनडाँडास्थित एक स्थानीयको घरमा झगडा भएको थियो। उनीहरुबीचमा भएको झगडाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। शव पोष्टर्माटमका लागि प्राथमिक स्वास्थ्यचौकी चिसापानीमा पुर्‍याएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]