अर्थ

राजस्व बाँडफाँटको रकम घट्दा योजना कार्यान्वयन गर्न समस्या

जेठ २७, २०७७

    म्याग्दी : म्याग्दीका स्थानीय तहहरुले राजस्व बाँडफाँटको रकम घटेर आएकोले योजना कार्यान्वयनमा समस्या उत्पन्न भएको बताएका छन्। यस वर्ष नेपाल सरकारले पुरै राजस्व संकलन गर्न नसक्दा बाँडफाँट रकम घटेर आएको छ।

    एक  नगरपालिकासहित ६ वटा स्थानीय तह रहेको हिमाली जिल्ला म्याग्दीका सबै स्थानीय तहहरुमा राजस्व बाँडफाँटको रकम घटेको छ। एकातिर राजस्व बाँडफाँडको रकम घटेर आएको छ भने अर्कोतिर स्थानीय तहको आन्तरिक आय पनि समयमा नै संकलन हुन सकिरहेको छैन।

    धमाधम 'असारे विकास'

    असार मसान्त नजिकिदै गर्दा पूँजीगत बजेट सक्ने चटारोमा जिल्लाका स्थानीय तहहरु लागेका छन्। जिल्लाका म्याग्दीको रघुगंगा गाउँपालिकाले पूँजीगततर्फ ४ करोड १२ लाख ६१ हजार  ९ सय १७ रुपैयाँ बजेट खर्च गरेको छ।

    पूँजीगततर्फ कुल १५ करोड ६९ लाख ३३ हजार ९४३ रुपैयाँमध्ये चालु आर्थिक वर्षका जेठ अन्तिम सातासम्म २६ दशमलव ६३ प्रतिशत बजेट खर्च गरेको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिए। उनका अनुसार चालुतर्फ यस आवमा विनियोजित १८ करोड २७ लाख रुपैयाँ बजेटमध्ये ९ करोड २० लाख  रुपैयाँ अर्थात् ५० दशमलव ४१ प्रतिशत बजेट खर्च भएको छ।

    चालु आवमा राजस्व बाँडफाँड,वित्तिय समानीकरण र पालिकाको आन्तरिक स्रोतबाट समेत गरी ११३ वटा योजना संचालन गरेको रघुगंगा गाउँपालिकाले २३ वटा योजना सम्पन्न गरिसकेको जनाएको छ। सम्पन्न भएका सम्पूर्ण योजनाहरुको भुक्तानि समेत भैसकेको छ।

    ६० वटा योजना संचालनमा रहेका र बाँकी ३० वटा योजना सम्झौता हुन नसकेको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताए। अधिकृत सुवेदीका अनुसार योजना सम्झौता गर्नुपर्ने मिति चैत मसान्तसम्म तोकिएकोमा कोरोना संक्रमणका कारण उपभोक्ता समितिका पदाधिकारीहरु आउन नसकेकाले ढिलाई भएको हो।

    संघीय सरकारबाट राजस्व बाँडफाँड अन्तर्गत यस आवमा ७ करोड २६ लाख रुपैयाँ बजेट आउनु पर्नेमा ३ करोड ६९ लाख मात्रै आएको र त्यस अन्तर्गत संचालन भएकाका योजनाहरुको भुक्तानि गर्न समस्या भएको सुवेदीले बताए।

    प्रशासकीय अधिकृत सुवेदीका अनुसार करिव ६० लाख रकम बराबरका साना योजनाहरु सम्झौता हुन सकेका छैनन्। आवश्यकताका आधारमा आगामी आर्थिक वर्षमा ती योजनाहरुलाई निरन्तरता दिइने उनले बताए।

    त्यसैगरी पश्चिमी म्याग्दीको मंगला गाउँपालिकाले पनि चालु आर्थिक वर्षको अहिलेसम्म आलु आवमा विनियोजित बजेटमध्ये पूँजीगततर्फ ३३ दशमलव ३५ प्रतिशत बजेट मात्रै खर्च गरेको मंगला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले बताए। गाउँपालिकाले ८० प्रतिशत भौतिक प्रगति गरेको उनको दावी छ।

ध्रुवसागर शर्मा

शर्मा थाहा खबरका म्याग्दी समाचारदाता हुन् ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]