अर्थ

झापाका पसल दैनिक ६ घण्टा खोल्ने निर्णय

जेठ २७, २०७७

    भद्रपुर, (झापा) : झापाका बजार तथा पसल दैनिक ६ घण्टा खुल्ने भएको छ। झापाका उद्योगी व्यवसायीले सबै पसल खोल्ने अडानसँगै निर्णय गरेपछि जिल्लास्तरीय कोरोना भाइरस उपचार, रोकथाम तथा नियन्त्रण समितिले यस्तो निर्णय गरेको हो। 

    जिल्ला समन्वय समिति झापाको सभा हलमा मङ्गलवार बसेको सर्वपक्षीय बैठकले जिल्लाका बजार तथा पसल बिहान ८ देखि दिउँसो २ बजेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ। यसअघि जिल्लामा दैनिक चार घण्टा (बिहान ८ देखि १२ बजेसम्म) पसल-व्यवसाय सञ्चालन भइरहेको थियो। 

    सङ्घीय र प्रदेश सरकारले निषेध गरेका व्यवसाय बाहेकका व्यवसाय ६ घण्टा सञ्चालन गर्ने निर्णय गरिएको समन्वय समिति झापाका अध्यक्ष तथा समितिका संयोजक सोमनाथ पोर्तेलले जानकारी दिए।

    बजार पूर्ण रूपमा खुल्न नपाउने, तर सरकारले तोकेका ४३ उद्योगसँग सम्बन्धी व्यवसाय खुलाउन पाउने गरी निर्णय भएको उनले बताए। उनका अनुसार त्यसका लागि जिल्लाका सबै वाणिज्य सङ्घले स्थानीय तहसँग समन्वय गरेर सहमतिमा मात्रै व्यवसाय खुलाउन पाउनेछन्‌। व्यवसायीले सामाजिक दुरी कायम गरी, स्वास्थ्य सुरक्षाको व्यवस्थापनसहित पसल खोल्न पाउने निर्णयमा उल्लेख गरिएको उनले बताए।

    यसका लागि जिसस उपप्रमुख मिना पराजुलीको संयोजकत्वमा जिल्ला स्तरीय अनुगमन समिति बनाइएको छ। त्यस्तै, १२ वर्षमुनिका बालबालिका, गर्भवती महिला, दीर्घरोगी र ज्येष्ठ नागरिकहरूलाई बाहिर हिँडडुलमा निषेध गर्ने समेत बैठकले निर्णय गरेको छ। जिल्लाका सबै उद्योग तथा वाणिज्य सङ्घहरू एकजुट हुँदै बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म सबै पसल खोल्ने निर्णय गरेको थियो।

    वाणिज्य सङ्घहरूले यस्तो निर्णय गरेपछि जिल्लास्तरीय समितिले उनीहरूसँग आग्रह गर्दै जेठ २७ गतेसम्मको समय मागेका थिए। जिल्लास्तरीय समितिले पनि सोही आग्रह बमोजिम मोडालिटी बनाएर पसल खोल्ने समय आज निर्धारण गरेको हो। तत्काल वाणिज्य सङ्घहरूले स्थानीय तहसँग समन्वय गरेर मात्रै पसल खोल्न पाउने भएपछि समय अनिश्चित भएको छ।

    समन्वय भएपछि मात्रै व्यवसाय सञ्चालन हुने बुझिएको छ। यता जिल्लाका १५ वटा मध्ये १२ वटा स्थानीय तहमा अहिलेसम्म १४८ जना कोरोना सङ्क्रमित भेटिएका छन्‌।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]