समाज

छुट्टाछुट्टै दुर्घटनामा सिन्धुलीका २ जनाको मृत्यु

जेठ २७, २०७७

    सिन्धुली : सिन्धुलीमा सोमबार भएको दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। अर्का एक जना गम्भीर घाइते भएका छन्।

    सिन्धुलीको घ्याङलेख गाउँपालिकामा बोलेरो दुर्घटना हुदाँ एक जना र हरिहरपुरगढी गाउँपालिकास्थित मदन भण्डारी राजमार्गमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको हो।

    घ्याङलेख गाउँपालिका-१ अमलेमा बोलेरो गाडी दुर्घटना हुदाँ घ्याङलेख गाउँपालिका-१ अमलेका बलराम बम्जनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। सिन्धुलीमाढीबाट खाद्यान्न लिएर घ्याङलेखतर्फ जाँदै गरेको ना २ च ९३६६ नम्बरको बोलेरो उकालोमा आड लगाएर रोक्ने क्रममा ब्रेकफेल भई ओह्रालोतर्फ झरेको थियो। सोही बोलेरेले किच्दा बम्जन घाइते भएका थिए।

    घाइते बम्जनलाई उपचारका लागि सिन्धुली अस्पताल ल्याए पनि सोमबार राती साढे नौ बजे डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक श्याम बहादुर खत्रीले जानकारी दिए। गाडीका चालक जिल्ला प्रहरी कार्यालय सिन्धुलीको नियन्त्रणमा रहेका छन्।

    उता मदन भण्डारी राजमार्ग अन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-५ गाग्रेढुङामा ट्रकले बिपरित दिसाबाट आईरहेको मोटरसाइकलाई ठक्कर दिँदा हरीहरपुरगढी गाउँपालिका-३ बनौलीका सन्तराम राईको मृत्यु भएको छ।

    हरिहरपुरगढी गाउँपालिका भलखडाबाट मरिण गाउँपालिकाको कपिलाकोटतर्फ आउँदै गरेको ना.१.क ९८०५ नम्बरको मिक्चर ट्रकले विपरीत दिसाबाट जाँदै गरेको प्रदेश ३-०२-०१० प २३७२ नम्बरको मोटरसाईकलाई ठक्कर दिँदा गम्भीर घाइते भएका राईको उपचारको क्रममा सिन्धुली अस्पतालमा मृत्यु भएको प्रहरी नायव उपरिक्षक खत्रीले बताए।

    दुर्घटनामा मोटरसाईकल चालक हरीहरपुरगढी गाउँपालिका-३ बनौलीका ३० वर्षीय विकाश विक गम्भीर घाइते भएका छन्‌। घाइते विकलाई थप उपचारका लागि सिन्धुली अस्पतालबाट धुलिखेल अस्पताल रिफर भएकोमा त्यहाँबाट पनि रिफर भएर अहिले राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा लगिएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]