समाज : सुरक्षा/अपराध

सिन्धुलीमा छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु

जेठ २७, २०७७

    सिन्धुली : सिन्धुलीमा सोमबार भएको दुई छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। अर्का एक जना गम्भीर घाइते भएका छन्। सिन्धुलीको घ्याङलेख गाउपालिकामा बोलेरो दुर्घटना हुँदा एक जना र हरिहरपुरगढी गाउपालिकास्थित मदन भण्डारी राजमार्गमा ट्रकले र मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो। 

    घ्याङलेख गाउपालिका १ अमलेमा भएको बोलेरो दुर्घटनामा घ्याङलेख १ अमलेका बलराम बम्जनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
    सिन्धुलीमाढीबाट खाद्यान्न लिएर घ्याङलेख जाँदै गरेको ना२ च ९३६६ नम्बरको बोलेरो उकालोमा ओट लगाएर रोक्ने क्रममा ब्रेकफेल भएर बम्जनलाई किचेको थियो। 

    बम्जनलाई उपचारका लागि सिन्धुली अस्पताल ल्याए पनि सोमबार राति साढे नौ बजे डाक्टरले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायवउपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए। 

    गाडीका चालक जिल्ला प्रहरी कार्यालय सिन्धुलीको नियन्त्रणमा छन्। उता मदन भण्डारी राजमार्गअन्तर्गत हरिहरपुरगढी गाउपालिका –५ गाग्रेढुङामा ट्रकले विपरीत दिशाबाट आइको मोटरसाइकले ठक्कर दिँदा हरीहरपुरगढी ३ बनौलीका सन्तराम राईको मृत्यु भएको छ। 

    हरिहरपुरगढी भलखडाबाट मरिण गाउँपालिका कपिलाकोटतर्फ आउँदै गरेको ना१क ९८०५ नम्बरको मिक्चर ट्रकले प्रदेश ३–०२–०१० प २३७२ नम्बरको मोटरसाईकलाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते राईको उपचार क्रममा सिन्धुली अस्पतालमा मृत्यु भएको सिन्धुली प्रहरीले जनाएको छ। 

    दुर्घटनामा मोटरसाईकल चालक हरिहरपुरगढी गाउँपालिका ३ बनौलीका ३० वर्षका विकाश बिक. गम्भीर घाइते भएका छन्। र उनलाई थप उपचारका लागि सिन्धुली अस्पतालबाट धुलिखेल अस्पताल रिफर गरिए पनि त्यहाँबाट समेत रिफर गरी राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा लगिएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]