समाज

मकवानपुरका पत्रकारको कोरोना र दुर्घटना बिमा गरियो

जेठ २७, २०७७

    हेटौंडा : नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले १ सय ६३ जना सदस्य(पत्रकार)को कोरोना र दुर्घटना बिमा गरेको छ। हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा बिमा गरिएको हो।

    उपमहानगरका मेयर हरिबहादुर महतले पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईलाई मंलबार बिमा पोलेसीको पत्र हस्तान्तरण गरे। कोरोना भाइरस (कोभिड १९) त्रासका बीच पनि अग्रपंत्तिमा खटिएका पत्रकारको एक लाखको कोरोना बिमा र दुई लाख रुपैयाँका दरले दुर्घटना बिमा गरिएको हो।

    कोरोना बिमा गर्न पत्रकार महासंघ मकवानपुर शाखालाई उपमहानगरले एक लाख ५० हजार रुपैयाँ कार्यपालिकाको बैठकले निर्णय गरेर सहयोग गरेको थियो।पत्रकार महासंघ मकवानपुरका सदस्य १ सय ३ जना र नयाँ सदस्यताका लागि सिफारिस गरिएका ६० जना पत्रकारको बिमा गरिएको अध्यक्ष हुमागाईले जानकारी दिए। 

    एक जना पत्रकारको तीन लाख रुपैयाँका दरले बिमा गरिएको हो। बिमा गरिएका पत्रकारको कोरोना भाइरस पुष्टि भएमा एक लाख रुपैयाँ, दुर्घटनामा घाइते भएमा २० हजार रुपैयाँसम्म उपचार खर्च र मृत्यु भएमा दुई लाख रुपैयाँ प्राप्त गर्ने बिमा कम्पनीले जनाएको छ।

    हेटौंडाको एभरेस्ट इन्स्योरेन्स कम्पनी लिमिटेडमार्फत बिमा गरिएको हो। यसअघि उपमहानगरले पत्रकार महासंघ मकवानपुरको पत्रकार उपचार कोषमा चार लाख रुपैयाँ सहयोग गरेको थियो। 
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]