समाज

पिसिआर मेसिन किन्दै भीमदत्त नगरपालिका

जेठ २७, २०७७

    कञ्चनपुर : कोरोना संक्रमित बिरामीको परीक्षणको दायरा बढाउन भीमदत्त नगरपालिकाले पिसिआर मेसिन खरिद गर्ने भएको छ। खरिद ऐनका आधारमा ई बिडिङमार्फत खरिद गरिने नगरपालिकाले जनाएको छ। यसका लागि प्रक्रियासमेत बढाइएको छ। 

    नगरपालिकाको कोडिभ १९ रोकथाम तथा नियन्त्रण सम्बन्ध निर्देशक एवं समन्वय समितिले मंगलबार मेसिन खरिद गर्ने निर्णय गरेको छ। समितिका संयोजक तथा नगर प्रमुख सुरेन्द्र विष्टले भने, ‘संक्रमणको उच्च जोखिम छ। अब आउने संकटसंग समाना गर्न पनि तयार हुनु पर्नेछ।’

    सुदूरपश्चिम प्रदेशमा पिसिआर मेसिन खरिद गर्ने निर्णय गर्ने भीमदत्त नगरपालिका पहिलो भएको छ।  सुदूरपश्चिमका ८८ स्थानीय तहका बासिन्दाका लागि  कैलालीको धनगढीस्थित सेती अस्पतालमा एउटा पिसिआर मेसिन जडान गरिएको छ। 

    सेती अस्पतालको पिसिआर मेसिनबाट परीक्षण दायरा बढाउन नसकिने अवस्था नभएकाले केही दिनदेखि सामाजिक सञ्जालमा पिसिआर मेसिन बढाउन तीनै तहका सरकारमाथि दबाब बढेको थियो। महाकाली अस्पतालले सञ्चालन गर्ने मेसिन खरिदका लागि मंगलबार विज्ञसहित नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीसित छलफल गरिएको छ।

    विज्ञका सुझावअनुसार २५ दिनभित्र मेसिन सञ्चालनमा आउने गरी प्रक्रिया थालिएको छ। ‘पिसिआर मेसिनका लगि केही सपोर्टेड उपकरण भेटेरिनरी अस्पतालमा पनि छन्। तिनीहरुलाई पनि प्रयोग गछौँ,’ नगर प्रमुख विष्टले भने, ‘तुरुन्तै खरिद प्रक्रिया बढाउन र विज्ञको सल्लाहअनुसारै २५ दिनभित्रै मेसिन संचालनमा ल्याउने गृहकार्य भइरहेको छ।’

    यसका लागि आवश्वयक बजेट र जनशक्ति व्यवस्थापनमा समस्या नहुने पनि विष्टले बताए।  मेसिनको स्फेसिफिकेसनका लागि विज्ञलाई पत्राचार गरिसकेको उल्लेख गर्दै उनले सबैभन्दा ठूलो विषय जनताको स्वास्थ भएको बताए। 

    महाकाली अस्पतालमा पिसिआर मेसिन खरिदका लागि पटक पटक ताकेदा गर्दासमेत दुवै सरकारबाट कुनै चासो नभएकाले आफैंले खरिद गर्न लागिएको विष्टले बताए। नगरपालिको सार्वजनिक खरिद ऐनका आधारमा ईबिडिङमार्फत खरिद गर्ने भएको छ। त्यसका लागि प्रक्रिया सुरु गर्न नगर प्रमुख विष्टले कार्यालयलाई निर्देशन दिएका छन्। 
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]