राजनीति

'हाम्रो शरीर टुक्रिएको सहन्छौं तर नेपाल टुक्रिएको हेर्न सक्दैनौं'

जेठ २७, २०७७

    काठमाडौं :  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा सांसद महेश बस्नेतले आफ्नो शरीरभन्दा प्यारो नेपाल भएको उल्लेख गरेका छन्। उनले आफ्नो शरीर टुक्रेको हेर्न सक्ने बताउँदै नेपाल टुक्रेको हेर्न नसक्ने बताएका हुन्। 

    प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेपछि संविधानमा उल्लेखित निशान छाप संशोधनबारे प्रतिनिधिसभाको बैठकमा आफ्नो धारणा राख्दै उनले राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डता तथा राष्ट्रिय स्वाभिमानभन्दा ठूलो केही हुन नसक्ने बताए।

    ‘संविधान संशोधनको प्रकृयामा सिंगो मुलुक एक ढिक्का भएको छ। हामी हाम्रो सार्वभौमसत्तालाई कुनै पनि हालतमा गिर्न दिँदैंनौं', उनले भने, 'हामी राष्ट्रियतालाई कुनै हालतमा बचाउने छौं। हामी हाम्रो शरीर टुक्रेको हेर्न सक्छौं, हाम्रो हात गोडा टुक्रेको हेर्न सक्छौं तर नेपाल टुक्रेको हेर्न सक्दैनौं।’

    उनले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको हराएको लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको टाउकोको रुपमा नेपालको नक्सामा जोडेर संविधान संशोधनको गरेकोमा समर्थन गर्ने कांग्रेस तथा जनता समाजवादी पार्टी (जसपा)लाई पनि धन्यवाद दिए। 

    नेपाल र नेपाली सार्वभौमिकता र राष्ट्रिय अखण्डतामाथि भारतीय मिडिया तथा भारतीय सरकारको नेतृत्वले होच्याउने प्रवृत्ति देखिएकोप्रति उनले राष्ट्रियताको सवालमा सिकाउन जरुरी नभएको स्पष्ट पारे। 

    नेपालले आफ्नो भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गर्न भारतसँगै सल्लाह गर्नुपर्ने बताएकी सरिता गिरीप्रति उनले आक्रोश पोखे।

    बस्‍नेतले भारतले नभइ नेपालले भारतको भूमि अतिक्रमण गरेको भन्‍ने कांग्रेका सांसद अमरेशकुमार सिंहप्रति आक्रोस व्यक्त गर्दै राष्ट्रियताविरुद्ध बोल्नेलाई रोक्न पनि आग्रह गरे। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]