काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता...
संसदका सबै दलको समर्थन, भूमि फिर्तामा जोड
काठमाडौं : नयाँ नक्सालाई आधिकारिकता दिन सरकारले गरेको संविधान संशोधन विधेयकमा सांसदहरुले संशोधन दर्ता गराउने ७२ घण्टे समय मंगलबार साँझबाट सुरु भएको छ।
कानुन मन्त्री डा. शिवमाया तुम्बाहाङफेले पेस गरेको नेपालको संविधानको दोस्रो संसोधन प्रस्ताव २०७७ पास भएसँगै संसोधन दर्ता गर्न ७२ घण्टे समय सुरु भएको हो।
नेपालको संविधानको अनुसूची ३ मा रहेको निशान छापमा नयाँ नक्सामा भएको भूभाग समेट्न सरकारको तर्फबाट कानुन मन्त्रीले संविधान संसोधन प्रस्ताव दर्ता गराएकी थिइन्। आज संसदमा उक्त प्रस्तावमाथि सबै दलका सांसदले समर्थन पनि जनाएका छन्।
यसअघि संघीय संसदले गत जेठ २० गोरखापत्रमा जनताको जानकारीको लागि संविधान संशोधन विधेयक प्रकाशित गरेको सात दिन पूरा भएपछि आजबाट संसोधन विधेयकको काम प्रक्रियागतरुपमा अघि बढेको हो।
संशोधधन दर्ता गर्ने समय ७२ घण्टापछि सांसदहरुले संशोधन प्रस्ताव दर्ता गरे छलफल हुन्छ नभएमा निर्णयार्थ पेश हुनेछ। संविधान संशोधन प्रस्ताव पारित हुन संसदको दुईतिहाइ बहुमत आवश्यक पर्छ।
नेपालले भारतले अतिक्रमण गरेको लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर नक्सा जारी गरेसँगै सरकारलाई संसदमा प्रतिनिधित्व गर्ने सबै दलले साथ दिएका छन्। सबै दलले भारतसँग तत्कालै कूटनीतिक वार्ता गर्न पनि सरकारलाई सुझा दिएका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।