समाज

वीरगञ्ज अस्थायी इजलासमा भर्चुअल बहस सुरु

जेठ २८, २०७७

    पर्सा : उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले लकडाउनको बेला भर्चुअल बहस सुनुवाई थालेको छ। कोरोनाको कहर तुरुन्तै नसकिने भएपछि अस्थायी इजलास वीरगन्जले मंगलबार सूचना प्रविधिको प्रयोग गर्दै भर्चुअल बहस सुनुवाई थालेको हो।

    अस्थायी इजलास वीरगञ्जका मुख्य न्यायाधीश डिल्लीराज आचार्य र अर्का न्यायाधीश भिमकुमार ओझाको इजलासले भर्चुअल सुनुवाई गरेको छ । पहिलो दिनमा भर्चुअल बहस उच्च सरकारी वकिल कार्यालय वीरगञ्जका सहन्यायधिवक्ता कृष्णमोहन कोइरालाले गरेको रजिष्ट्रार ठाकुरप्रसाद खरेलले जानकारी दिए।

    आगामी दिनमा बारसँग आवद्ध कानुन व्यवसायीहरुले पनि भर्चुअल बहस गर्न चाहेमा सूचना प्रविधिको प्रयोग गरी बहस गर्न मिल्ने व्यवस्था गरिएको रजिष्ट्रार खरेलको भनाइ छ। ‘त्यसका लागि समय व्यवस्थापन र सेट अफका लागि ल्यापटप सहित अदालतका कम्प्यूटर अपरेटर टार्जन कुँवरसँग समन्वय गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘यसको लागि पर्सा, बारा र रौतहट तीनवटै जिल्लाका कानुन व्यवसायीहरुलाई जानकारीको लागि बारमा बोधार्थ पनि पठाइएको छ।’

    अस्थायी इजलास वीरगञ्जले अहिले बन्दी प्रत्यक्षीकरण, निषेधाज्ञा, निवेदन प्रतिवेदन, सार्वजनिक सरोकारको रिट निवेदन, थुनुवा भएका मुद्दा, नेपाल सरकारको तर्फबाट दायर भएका र प्रत्यर्थी झिकाउने आदेश नभएका मुद्दा, दुवैपक्ष उपस्थित गरी सुनुवाई गरिपाउँ भनी पक्षहरुले निवेदन दिएका मुद्दा, माना चामल एवं ७५ वर्ष नाघेका व्यक्तिका मुद्दा, अपाँगता भएका व्यक्तिका मुद्दा, ०७५ असार मसान्त भित्र दर्ता भएका मुद्दा,  फिर्ता तथा  मिलापत्र लगायतका मुद्दाको न्यायिक सम्पादन गर्दै आएको अदालतले जनाएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]