समाज

पर्यटकीय गन्तव्य देम्बाडाँडामा पदमार्ग निर्माण

जेठ २८, २०७७

    ओखलढुङ्गा : नेपाल सरकाले घोषण गरेको १०० पर्यटकीय गन्तव्यमध्ये एक देम्बाडाँडा जाने पदमार्ग निर्माण भएको छ। संघीय सरकारको आर्थिक सहयोगमा ओखलढुङ्गाको उत्तरी पश्चिमी गाउँपालिका खिजिदेम्बाले पदमार्ग निर्माण गरेको हो।

    खिजिफलाटे नजिकैको चुप्लु भञ्ज्याङबाट देम्बाडाँडासम्म जाने ७२३ मिटर बाटो सोलिङ गरिएको छ। यस्तै, पदमार्गमा दुईवटा प्रतीक्षालय निर्माण सम्पन्न गरिएको खिजिदेम्बा गाउँपालिका अध्यक्ष वेदबहादुर रोकाले बताए। 

    देम्बाडाँडा आसपासमा ढुंगा नपाइने हुँदा धेरैजसो ठाउँमा ढुंगा बोकेरै सोलिङ गरिएको उनको भनाइ छ। देम्बाडाँडाको चुचुरो आसपासमा भने चपरी बिछ्याइएको र अफ्ठ्यारो ठाउँमा रेलिङ समेत राख्ने योजना बनाइरहेको रोकाको भनाइ छ।

    गाउँपालिकाले संघीय सरकारबाट पाउने ५० लाख बजेटमध्ये पहिलो किस्ता बापतको २५ लाख रुपैयाँ बजेटमा काम गरिएको हाृ, पदमार्ग निर्माणको काम यसअघि नै सकिनुपर्ने भए पनि लकडाउनका कारण काम प्रभावित भएको थियो । स्थानीय श्रमको सदुपयोग गरेर गाउँपालिकाले पदमार्ग निर्माण गरेको हो।

    देम्बामा खानेपानीलगायतका पूर्वाधारहरु भने तयारी गरी सकिएको गाउँपालकााले जनाएको छ। खिजिदेम्बा गाउँपालिकामा रहेको तीन हजार ३५० मिटर अग्लो देम्बाडाँडा जिल्ला कै सबैभन्दा उच्च स्थानमा जाने पदमार्ग हो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]