जनकपुरधाम : जनकपुरधाममा आज होली मनाइएको छ। बुधवार होरैया, लोकगीत, संगीतले जनकपुरधाम गुञ्जायमान बनेको हो। एक अर्कालाई रङ दलेर ज...
भारतको उत्तर प्रदेश सरकारले गाई मार्नेलाई थप कडा सजाय दिलाउन गो हत्या निवारण कानून संशोधन प्रस्ताव अघि बढाएको छ।
नयाँ अध्यादेशमा गाई मार्नेलाई १० वर्ष काराबास र ३ देखि ५ लाख रुपैयाँसम्म नगद जरिवाना प्रस्ताव गरिदिएको छ। गोवंशलाई अङ्गभङ्ग गर्नेले पनि अब कडा सजाय पाउने भएका छन्। यसो गर्नेलाई ७ वर्ष जेलमा राखिनेछ भने ३ लाख रुपैयाँसम्म जरिवाना तिराइनेछ।
सन् १९९५ मा बनेको मौजुदा कानूनलाई संशोधन गर्न उत्तर प्रदेशको क्याबिनेटले स्वीकृति दिएको छ। हाल विधानमण्डल सत्र नभएकाले यो अध्यादेश ल्याइएको बीबीसी हिन्दीमा उल्लेख छ।
मूख्यमन्त्री आदित्यनाथ स्वयम् हिन्दु योगी भएकाले उत्तर प्रदेशमा हिन्दुत्वलाई लिएर कडा रवैया अपनाइँदै आएको छ। तर भारत सर्वाधिक गोमांश (बिफ) निर्यात गर्ने विश्वकै तेस्रो ठूलो मुलुक हो। विश्वमा ब्राजिल र अमेरिकाले मात्रै भारतले भन्दा बढी गाई–गोरुको मासु अन्यत्र निर्यात गर्ने गर्छन्।
भारतीय सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) लाई हिन्दु कट्टरपन्थी दल मानिन्छ। योगी आदित्यनाथले सोही पार्टीबाट उम्मेदवारी दिई उत्तर प्रदेशको मूख्यमन्त्री चुनिएका हुन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।