समाज : सुरक्षा/अपराध

धनुषामा गोली प्रहार गरी युवकको हत्या

जेठ २८, २०७७

    धनुषा : धनुषाको सबैलामा मंगलबार राति गोली प्रहारबाट एक युवकको हत्या भएको छ। 

    जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गोली प्रहार गरी सबैला नगरपालिका–७ लवटोलीका २५ वर्षीय हारुन मण्डलको हत्या भएको हो। मण्डल शव बुधबार बिहान घरभन्दा करिब २०० मिटर पर भेटिएको प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए। कार्कीका अनुसार मण्डलको छातीमा एक गोली प्रहार भएको देखिएको छ।

    इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक चन्द्रभुषण यादवले घटनाको प्रकृति हेर्दा राति कसैले घरबाट बोलाएर एकान्तमा लगी गोली प्रहार गरी मण्डलको हत्या गरेको जस्तो देखिएको बताए। हत्या कसले र किन गरेको हो खुल्न सकेको छैन । 

    शवको प्रकृति मुचुल्का उठाई शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याउने तयारी भएको र घटनाका विषयमा अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]