खेलकुद

मोरङ ११ उदयपुर गोल्डकपको फाइनलमा, संकटा बाहिरीयो

फागुन २, २०७३

    उदयपुर : संकटा क्लबलाई हराउँदै मोरङ ११ उदयपुर गोल्डकप फुटबलको फाइनलमा पुगेको छ। थारुहट उदयपुर रंगशाला गाईघाटमा सेमिफाइनलमा मोरङ २-१ ले विजयी भयो।

    प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमै सकिएको थियो। खेलको ६९ औं मिनेटमा मोरङका भुवन बस्नेतले गोल गरे। ७३ औं मिनेटमा मिक्चन तामाङले मोरङको अग्रता दोब्बर पारे। २-० ले पछि परेपछि आक्रामक देखिएको संकटाले ८३ औं मिनेटमा गोल गर्‍यो। संकटाबाट सजिन थापाले गोल फर्काए। तर त्यसपछि अर्को गोल गर्न नसक्दा संकटाको खेल बराबरी गर्ने चाहना पुरा भएन।

    मोरङलाई सुरुवाती अग्रता दिलाएका भुवन कार्की म्यान अफ दि म्याच घोषित भए। उनले नगद ५ हजार पुरस्‍कार जिते। प्रतियोगिताअन्तर्गत दोस्रो सेमिफाइनलमा हिमालयन शेर्पा र रुपन्देही ११ बीच प्रतिस्पर्धा हुनेछ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]