समाज

विप्लवका विद्यार्थीले क्याम्पस प्रमुखको कुर्सी जलाएपछि अन्य संगठनले ताला फोडे

फागुन ४, २०७३
    • चिरञ्जिबी घिमिरे

दमक : स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तत्कालका लागि सार्नु पर्ने, पूर्ण समानुपातिक प्रणाली अपनाउनु पर्ने लगायतका माग राख्दै झापाको दमकस्थित दमक बहुमुखी क्याम्पसमा लगाइएको ताला विभिन्न ५ विद्यार्थी संगठनले फोडेका छन्।

नेत्रविक्रम चन्द विप्लव निकट अखिल क्रान्तिकारी, संघीय विद्यार्थी फोरम, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनलगायतले क्याम्पस प्रमुख, सञ्चालक समिति र स्ववियु निर्वाचन समितिको कार्यालयमा लगाएको ताला पाँच विद्यार्थी स‌ंगठनले बुधबार बिहान संयुक्तरुपमा तोडेका हुन्। जसमा नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, नयाँ शक्ति विद्यार्थी युनियन र मोहन वैद्य निकटक विद्यार्थी संगठन सहभागी थिए।

बाहिरका मानिसहरु आएर क्याम्पसमा निर्वाचन भाँड्न खोजेकाले बाध्य भएर ताला फोडेको अनेरास्ववियुका तर्फबाट स्ववियु सभापतिका उम्मेद्वार सन्तोष दुलालले बताए। 'स्ववियु निर्वाचन हुन नदिन गैरविद्यार्थी आएर तालाबन्दी गरेका छन्, यस्तो कार्य रोकिनुपर्छ,' उनले भने, 'परिचय पत्रविनाका विद्यार्थीलाई समेत क्याम्पस प्रवेशमा रोक लगाउनु पर्छ।'

यस्तै नेविसंघका क्याम्पस इकाइ सभापति मिन्टु दुलालले क्याम्पसमा स्ववियु चुनाव कुनै पनि हालतमा हुने बताए। 'हामीले ताला फोडेर सहज बनाएका छौँ, तपाईंहरु निर्वाचनको काम थाल्नुहोस्,' निर्वाचन समितिलाई उनले भने, 'हामी सुरक्षा दिन्छौँ।'

तालाबन्दीका कारण मतदाताको नामवलीसमेत प्रकाशित हुन सकेको छैन।

यसैबीच विप्लव निकट अखिल क्रान्तिकारीले बुधबार नै क्याम्पस प्रमुख उत्तम भट्टराईको कुर्सी जलाएको छ। कुर्सी जलाउनेहरु पनि क्याम्पस बाहिरकै रहेको क्याम्पस प्रशासनले जनाएको छ। घटनामा संलग्नहरु फरार रहेकाले खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक मिलन बस्नेतले बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]