काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता...
काठमाडौं : केद्रीय क्याम्पस कीर्तिपुरमा सक्रिय विद्यार्थी संगठनका नेताले स्ववियु चुनाव फागुन १४ गते नै हुनुपर्ने बताएका छन्। शिक्षाध्यक्षको गाडी जलाएको निहुँ पारेर स्ववियु चुनाव रोक्न खोजे चुनाव गराउनका लागि आफूहरुले उप–कुलपतिको गाडी जलाउने उनीहरुको चेतावनी छन्।
अखिल क्रान्तिकारी केन्द्रीय क्याम्पसका स्ववियु सभापति उम्मेदवार तिलकप्रसाद उपाध्याय, अनेरास्ववियुका मंगल थापा र नेविसंघका योगेन्द्र रावलले रिपोर्टस क्लब नेपालमा बुधबार पत्रकार सम्मेलन गरेर त्रिभुवन विश्वविद्यालयका पदाधिकारी चुनाव नगराउने खेलमा लागेको त्यसो नगर्न चेतावनी दिए।
अखिल क्रान्तिकारीका सभापति उम्मेद्वार उपाध्यायले भने, 'तोकिएको मितिमा चुनाव हुनैपर्छ। संगठनहरूको नामावली टाँस्नका लागि त्रिवि डराइरहेको छ। प्रशासनले सुरक्षा दिन सक्दैन भने अखिल क्रान्तिकारी सुरक्षा दिन तयार छ, क्यापस प्रमुखज्यूहरू तयार बन्नुस्,' उनले भने, 'चुनाव सार्ने त धेरै परको कुरा हो, एक घण्टा अबेर भएको देख्न नपरोस्, यदि यस्तो भएमा उत्पन्न परिस्थितिको जिम्मा त्रिविले लिनुपर्नेछ।’
उनले अन्य विद्यार्थी संगठन पनि चुनाव असफल पार्न लागिपरेको उनको आरोप छ। 'पराजित हुने डरले अन्य विद्यार्थी संगठन निवार्चन असफल पार्न उद्धत छन्,' उनले भने, 'क्रान्तिकारीसँग डराएर निर्वाचन भाँड्ने काम भइरहेको छ।'
यस्तै नेविसंघका योगेन्द्र रावलले त्रिभुवन विश्वविद्यालयले विद्यार्थीको हित विपरीत काम गरिरहेको आरोप लगाए। ‘त्रिभुवन विश्वविद्यालय गौचरनमा परिणत हुँदैछ, विधार्थीहरूको हितकालागि त्रिवि संवेदनशील छैन,' उनले भने, 'चुनावलाई भाँड्नको लागि केही विद्यार्थी संगठनका साथीहरूले काम गरिरहनु भएको छ, यस कार्यको नेविसंघ भर्त्सना गर्दछ।’
अनेरास्ववियुका नेता मंगल थापाले ८ वर्षदेखि हुन नसकेको स्ववियु निर्वाचन फागुन १४ मै हुनुपर्ने बताए। ‘तोकिएको समयमै निर्वाचन हुन्छ, हाम्रो संगठनले सबै क्यापसमा आफ्नो घोषणा पत्र सार्वजनिक गरिसकेको छ', उनले भने, ' हामी निर्वाचनमा भाग लिन तयार छौं, यदि १४ गते निर्वाचन गरिएन भने हामी भिसिको गाडी जलाउने छौं।’
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।