समाज : सुरक्षा/अपराध

श्रीमानसँग झगडापछि आफ्नै शरीरमा आगो

असार २८, २०७३

    काठमाडौं : श्रीमानसँग झगडा भएपछि काठमाडौंमा एक महिलाले आफ्नै शरीरमा मट्टितेल खनाएर आगो लगाएकी छिन्।

    काठमाडौंको कुलेश्वर गौरीशंकर मार्गमा गए राति साढे ११ बजे श्रीमान श्रीमतीबीच झगडा भएपछि सर्लाही लालबन्दी घर भएकी बबिता विकले आफ्नै शरीरमा आगो लगाएकी हुन्। आगोले जलेर गम्भीर घाइते भएकी विकको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

    उनको शरीरमा आगो लागेपछि निभाउने क्रममा श्रीमान् दीपक विक र १० बर्षीय छोरा मिलन घाइते भएका छन्। उनीहरुको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]