समाज

पूर्वाधार विकास सम्बन्धी अवधारणामा समितिको छलफल

फागुन ४, २०७३

    काठमाडौं: नेपाल पूर्वाधार सम्मेलनको आगामी आइतबार र सोमबार राजधानीमा हुने दोस्रो संस्करणका लागि छनौट भएका दशओटा पूर्वाधार सम्बन्धी अवधारणाका विषयमा संसदको विकास समितिले सम्बन्धित व्यक्ति र नेपाल उद्योग परिसंघका पदाधिकारीहरुसँग छलफल गरेको छ।

    समितिको बुधबार बसेको बैठकले दशवटा पूर्वाधार सम्बन्धी प्रस्तुत गरिने विषयवस्तुलाई पीपीपी (पब्लिक, प्राइभेट, पार्टनरसीप)को आधारमा विकास गर्न स्थानीयको सहयोग र क्रियाशिलता जरुरी रहेको निष्कर्ष निकालेको छ। सो अवसरमा प्रस्तोताहरुले नेपालमा पीपीपी मोडल कति प्रभावकारी र यसका गुण र दोषहरुका सम्बन्धमा तथा कुन प्रक्रियाबाट पूर्वाधार निर्माणको गतिलाई तिव्रता दिन सकिन्छ भनेर प्रस्तुती गरेका थिए।

    सो अवसरमा आइडीया स्टुडियोको तर्फबाट पूर्व मिस नेपाल माल्भिका सुब्बा र छिरिङ लामाले सम्मेलनमा प्रस्तुत हुने आइडियाका बारेमा जानकारी दिएका थिए। समिति सभापति रविन्द्र अधिकारीले प्रस्तुत आइडियालाई राष्ट्रिय योजना आयोग र मन्त्रालयसँग समेत छलफल गरेर अघि बढ्ने बताए। कार्यक्रममा कृषि उत्पादनका सम्बन्धमा शशी शाह, मोनो रेलको सम्भावनाका सम्बन्धमा स्‍नेहा मेहता, ग्रामिण पर्यटनका सम्बन्धमा सुशान्त भण्डारी, ट्रम रेलको सम्बन्धमा भरत चालिसे र सूचना प्रविधिका सम्बन्धमा सौजन्य आचार्यले जानकारी दिए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]