समाज

शैक्षिक सुधारका लागि जाजरकोटमा शिक्षकको कार्यविभाजन

फागुन ४, २०७३
    • दिपेन्द्र शर्मा

जाजरकोट : जाजरकोटका विद्यालयहरुमा समग्र सुधारका लागी शिक्षकको कार्य विभाजन सुरु गरिएको छ। जिल्लाको दशेरा-८ वडावनको भाग्योदय माध्यमिक विद्यालयमा विभिन्‍न शैक्षिक आर्थिक,भौतिक तथा बौद्धिक शारीरिक विकासका लागी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको जिम्मेवारी तोकिएको छ।

विद्यालयको चौतर्फी विकास लागी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई जिम्मेवारीबोध गराउन यस्तो अभियान सुरु गरिएको जाजरकोटका जिल्ला शिक्षा अधिकारी ललित विक्रम सिंहले बताए।

शैक्षिक सुधार वर्ष २०७३ लाई सार्थक बनाउन तथा जिल्लाको शैक्षिक स्तरवृद्धी गर्न कार्य विभाजनले सहयोग पर्‍याउने जिल्ला शिक्षा अधिकारी सिंहको विश्वास छ। यसले विद्यालय प्रतिको जिम्मेवारीबोध गराउनुको साथै विद्यालयको समग्र क्षेत्रको सुधारमा टेवा पुग्ने सिंहले बताए।

विद्यालयले खानेपानी तथा सरसफाई , पिटी प्रार्थना तथा पोशाक जाँच, अतिरिक्त क्रियाकलाप परिक्षा मुल्याङकन तथा अनुगमन, चल-अचल सम्पती भण्डारण तथा सुरक्षा , सुचना तथा सामाजिक सम्बन्ध विकास लगाएतका समिति बनाई विद्यालयको समग्र सुधारको काम भैरहेको  दशेरा स्रोत केन्द्रका स्रोत व्यक्ति कृष्णबहादुर गिरिले जानकारी दिए। 

जिल्लाको शैक्षिक सुधारका लागी दशेरा स्रोत केन्द्रको भाग्योदय माद्यामिक विद्यालयबाट कार्य विभाजनको काम नमुनाको रुपमा सुरु गरेको स्रोत व्यक्ति गिरीले बताए।

विद्यालयका बनाइएका विभिन्‍न समितिहरुबाट काम गर्न निकै सजिलो भैरहेको विद्यालयका प्रधानध्यापक शाहीले बताए। “शिक्षक तथा कर्मचारी हरुवाट विद्यार्थीलाई पढाउनका अलवा विद्यालयको शैक्षिक सुधारका लागी कार्यहरु भइरहेका छन। सबैले आफनो जिम्मेवारीको काम गर्नुहुन्छ। यसले गर्दा  विद्यालयको काममा सहजता भएको छ,' शाहीले भने। अहिले विद्यालयमा भएका ११ जना शिक्षक तथा कर्मचारीहरु आफनो जिम्मेवारी क्रियाशिल छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]