काठमाडौँ : नेपालमा सञ्चालित बुटिक लग्जरीसहित पाँचतारे होटलको सङ्ख्या २२ पुगेको छ। पर्यटन विभागका अनुसार यसवर्ष बुटिक लग्जरी पाँच त...
काठमाडौं : नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले लोडसेडिङको अन्धकारभित्र हुने डरलाग्दा खेलहरु समाप्त भएको बताएका छन्। प्रबन्ध निर्देशक घिसिङले अब नेपाली जनताले लोडसेडिङको मार खेप्नु नपर्ने पनि स्पष्ट पारे।
बुधबार काठमाडौंमा आयोजित सफलताका लागि प्रेरणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब केही समय भित्रै लोडसेडिङ अन्त्य हुने घोषणा पनि गरे। उनले अब काठमाडौंमा मेट्रो रेल चलाउन पुग्ने गरी विद्युतको जोहो गर्न आफूहरु लागि परेको जानकारी पनि दिए।
प्राधिकरणले एकपछि अर्को गर्दै देशका विभिन्न सहरमा लोडसेडिङ मुक्त गराउँदै लगेको छ। प्रबन्ध निर्देशक घिसिङले अब लोडसेडिङ हुन्छ कि भनेर निराश हुने अवस्था नरहेको पनि स्पष्ट पारे।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।