स्वास्थ्य

महिला स्वास्थ्यकर्मी नहुँदा गर्भवती समस्यामा

फागुन ४, २०७३

    ओखलढुंगा : पश्‍चिमी गाविस यसममा महिला स्वास्थ्यकर्मी अनमी नहुँदा गर्भवती महिलाहरु समस्यामा परेका छन्। विगत एक महिना देखी महिला स्वास्थ्यकर्मी नहुँदा गर्भवतीलाई समस्या परेको हो।

    जिल्ला जनस्वास्थ्य कार्यालय रुम्जाटार ओखलढुंगाले गत वर्ष करार सेवामा नियुक्ती गरेको एकजना अनमीको करार अवधि सकिएपछि यस गाविसमा महिला स्वास्थ्यकर्मी छैनन्। यो वर्ष करार सेवामा जिल्ला जनस्वास्थ्यले ६३ जना अनमी नियुक्त गरेपनि यस स्थास्थ्यचौकीमा कर्मचारी पठाएन।

    महिला स्वास्थ्यकर्मी नहुँदा  गर्भवती महीलाहरु गर्भ चेकजाँच गर्न समेत नआउने गरेको स्वास्थ्य चौकी प्रमुख अमिर हायुले जानकारी दिए।  विकट तथा दुर्गम भएकै कारण जिल्ला का पश्चिमी गाविसमा समयमा जिल्ला जनस्वास्थ्य कार्यालयले स्वास्थ्यकर्मी नपठाउने गरेको स्थानीयको आरोप छ।

    महिला स्वास्थ्यकर्मी नहुँदा आफुले मनका कुरा सबै भन्न नसक्ने  तथा संवेदनशिल अंग देखाउन नसक्ने भएका कारण चाँडो भन्दा चाँडो अनमीको व्यवस्था गर्न स्थानीयले माग गरेका छन्।  

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]