राजनीति

मे महिनाभरीमा चुनाव हुन्छ, एक हप्ताभित्र मिति घोषणा हुन्छ :  कांग्रेस महामन्त्री कोइराला

फागुन ४, २०७३

    लम्की (कैलाली) :  नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले एक हप्ताभित्र चुनाव घोषणा हुने र आउँदो मे महिनाभित्र स्थानीय चुनाव हुने बताएका छन्। नेपाल प्रेस युनियन लम्की उपशाखाले कैलालीको कर्णाली चिसापानीमा बुधबार गरेको पत्रकार सम्मेलनमा कोइरालाले नेपाली कांग्रेस छिट्टै चुनावको मिति घोषणाको लागि प्रधानमन्त्रीलाई दवाव दिइरहेको बताए।

    'म जति पनि ठाउँमा गएको छु चुनाव कहिले हुन्छ भन्ने जिज्ञासा पाएको छु, नेपाली कांग्रेसले चुनावको मिति छिटो भन्दा छिटो तय गर्नुपर्छ भनेर प्रधानमन्त्रीलाई दबाब दिइरहेका छौं'  उनले भने 'मलाइ लाग्छ एक हप्तामा चुनाव घोषणा हुने प्रबल सम्भावना छ, मेसम्ममा स्थानीय निर्वाचन हुन्छ भन्ने विश्वास लिएको छु।'

    महामन्त्री कोइरालाले यथास्थितिमा निर्वाचन गराउँदा स्थानीय निकायकै गर्नु उपयुक्त हुने बताए। 'यथास्थितिमा स्थानीय निकायकै निर्वाचन गर्नु नै उपयुक्क हुन्छ किनभने तहको गर्दा विवाद बढ्छ र चुनाव हुन नदिने खेलहरु हुन थाल्छन्' उनले भने।

    कांग्रेसले आफ्नो नेतृत्वमा संविधान बनाएकाले कार्यान्वयनमा पनि विशेष भूमिका खेल्नुपर्ने उनले बताए। पहिला संविधान संशोधन गरिसकेपछि मात्र चुनावमा जानुपर्छ' महामन्त्री कोइरालाले भने ' संविधान बनाउँदा मधेसी मोर्चा बाहिर थियो। त्यसैले उनीहरुलाई यो संविधानप्रति मोह छैन। तर हामी कटिवद्ध छौ। यसलाई कार्यान्वयन गर्ने सम्बन्धमा प्रोएक्टिभ रोल खेल्नुपर्छ। मधेसी मोर्चाको माग पनि पूरा गर्नुपर्छ।'

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]