काठमाडौँ: शून्य संख्यामा झरेको कोभिड -१९ का संक्रमित पुनः बढ्न थालेका छन्। पछिल्लो एक हप्तायता मात्रै काठमाडौँ उपत्यकामा दर्जनभन्दा ब...
दाङ : चिकित्सकको लापरवाहीले मृत्यु भएपछि अस्पतालले मृतकका परिवारलाई १० लाख क्षतिपूर्ति उपलब्ध गराउने भएको छ।
घोराहीस्थित गोर्खा हस्पिटल प्रा.लि.मा एपेन्डिसाइटिसको अप्रेसनपछि घोराही नगरपालिका–६ गिठेपानी निवासी २६ वर्षीय रामबहादुर रोकाको मृत्यु भएपछि उनका परिवारजनले सोमबार दिनभर अस्पताल घेरेका थिए।
अस्पतालको लापरवाहीले अप्रेसनपछि रोकाको मृत्यु भएपछि आफन्तले क्षतिपूर्तिको माग गर्दै शव बुझ्न मानेका थिएनन्।
दाङका प्रहरी प्रमुख धीरजप्रताप सिंहका अनुसार सहमति अनुसार क्रियाखर्च वापत एक लाख तत्काल उपलब्ध गराइएको छ भने बाँकी ९ लाख केही समयपछि प्रदान गर्ने सहमतिपछि मृतकका आफन्तले शव बुझेका छन्।
एसपी सिंहले मृतक रोकाकी छोरीलाई उच्च शिक्षासम्म पढाउनका लागि लाग्ने सम्पूर्ण खर्च समेत हस्पिटलले नै बेहोर्ने सहमति भएको बताएका छन्।
मृतक रोकाको आइतबार बेलुकी साढे ६ बजेतिर गोर्खा हस्पिटलमा एपेन्डिसाइटिसको अप्रेसन भएको थियो। तर, अप्रेसनको ५ घण्टापछि राति ११ः४५ बजेतिर रोकाको हस्पिटलमै मृत्यु भएको थियो।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।