राजनीति

रोल्पाको थवाङमा सुरु हुँदै ‘विप्लव’ माओवादीको बन्दसत्र

फागुन ५, २०७३

    नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीको आठौं राष्ट्रिय महाधिवेशनअन्तर्गत बिहीबार बन्दसत्र सुरु हुँदैछ। काठमाडौंको खुलामञ्चमा आइतवार उद्घाटन भएको महाधिवेशनको बन्दसत्र रोल्पाको थवाङमा रहेको ठूलो गाउँमा दिउँसो १२ बजे सुरु हुन लागेको हो। 

    त्यसअघि पार्टीको स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समितिको बैठक बस्ने पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिए। बन्दसत्रमा प्रतिनिधि दर्ता र महासचिव विप्लवको राजनैतिक प्रस्ताव पेश हुने उनले बताए। 

    शुक्रवारदेखि महासचिवको राजनैतिक दस्तावेजमा छलफल हुनेछ। नेकपा माओवादीले पार्टीको नाम परिवर्तन गरेर नेपाल कम्युनिष्ट पार्टी राख्ने तयारी पनि गरेको छ। १० गते सम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। बन्दसत्रमा सहभागी हुन प्रतिनिधि पर्यवेक्षक गरी झण्डै १ हजार जना थवाङ पुगेका छन्।  
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]