राजनीति

माओवादीले सरकार छाड्दा कांग्रेस खुसी, भन्यो- यो हट केक हो

असार २८, २०७३

    काठमाडौं : नेपाली कांग्रेसले अबको प्रधानमन्त्रीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन गर्ने संकेत गरेको छ। कांग्रेसले समर्थनको आधिकारिक निर्णय गर्न बुधबार बिहान केन्द्रीय समितिको बैठक बोलाएको छ।

    'सरकारबाट माओवादी बाहिरिएको बिषय हट केक हो' कांग्रेस सभापति शेर बहादुर देउवा निकट एक नेताले भने 'प्रचण्ड आफू प्रधानमन्त्री हुनकै लागि सरकारबाट बाहिरिएको बिषय छर्लङ्ग भइसक्यो, कांग्रेसले समर्थन गर्छ।'

    माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कांग्रेस नेताहरु उत्साहित भएका छन्। मधेसको समस्या समाधान गर्न नसकेको, भूकम्प पीडितलाई राहत वितरणमा ढिलाई गरेको, पुनर्निर्माणको काम पार्टी निकटका एनजिओहरुलाई दिएको लगायतका आरोप कांग्रेसले केपी ओली नेतृत्वको सरकारलाई लगाउँदै आएको थियो।

    कांग्रेसले बैशाख २३ गते माओवादी केन्द्र छलफल गरेर सरकार ढाल्न गरेको प्रयास एमालेसँग ९ बुँदे र बजेट पारित भएपछि प्रचण्डको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सहमति भएपछि असफल भएको थियो। तर, अहिले माओवादी केन्द्रले त्यही ९ बुँदे र ३ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि नयाँ सरकार गठनको पहल गर्ने कांग्रेस श्रोतले बताएको छ।

    'हिजोसम्म हामीलाई विश्वास थिएन तर आज सरकारबाट बाहिरिएर आएकाले नयाँ सरकार गठनको बाटो खुल्यो' श्रोतले भन्यो, 'अब प्रधानमन्त्रीमा प्रचण्डलाई नै समर्थन गर्ने आधिकारिक निर्णय हुन सक्छ।'

    सरकारबाट बाहिरिएको नेकपा माओवादी केन्द्रको बिषयलाई हट केक भनेको कांग्रेसले बुधबार बिहान केन्द्रीय समिति बैठक बोलाएको कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले जानकारी दिए। माआवादी केन्द्रका नेताहरुले अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीमा कांग्रेसले समर्थन गर्ने सहमति भइसकेको दाबी गरेका छन् तर, कांग्रेसले बुधबारको केन्द्रीय समिति बैठकपछि मात्रै यसबारे आधिकारिक निर्णय आउने बताएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]