विश्व

मलालाद्वारा विश्वकै ठूलो शरणार्थी शिविर भ्रमण

Photo : vogue.com
असार २९, २०७३

    केन्या: नोबेल पुरस्कारद्वारा सम्मानित पाकिस्तानी समाजसेवी युसुफ मलाला आफ्नो १९ औँ जन्मदिनको अवसरमा केन्यास्थित विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविरको भ्रमण गरी शरणार्थी समस्याबारे विश्वकै ध्यान केन्द्रित गरेकी छन्। 

    मलाला सन् २०१५ देखि नै केन्याको ददावस्थित शरणार्थी शिविरमा जीवनयापन गर्दै आएका केटीहरुको समूहसँग स्काइप नामक सामाजिक सञ्जालको माध्यमबाट निरन्तर सम्पर्कमा थिइन्, उनका प्रवक्ता टेलर रोयलले बताए। 

    भ्रमणका क्रममा मलालाले शिविरका तिनै केटीहरुको समूह लगायत शिविरवासी अन्य शरणार्थी तथा शरणार्थी शिविर व्यवस्थापनसँग भेट्ने कार्यक्रम भएको प्रवक्ता रोयलले बताए। 

    ददावमा करिब तीन लाख मानिसले शरणार्थी जीवन बिताइरहेका छन्। शरणार्थीमध्ये अधिकांश सोमालियाली नागरिक रहेका छन्। 

    करिब २५ वर्षको अवधिमा शिविरलाई आफ्नो घर र समाज बनाई बसेका शरणार्थीको चासोप्रति मलालाको भ्रमणले विश्वको ध्यान केन्द्रित गर्ने विश्वासका साथ भएको भ्रमण शरणार्थीका लागि नयाँ आशाको विषय बनेको छ। 

    शिविर हटाउँदा शरणार्थीलाई पर्नसक्ने असरबारे गरिएको प्रश्नमा केन्याका राष्ट्रपति उहुरु केन्याटाले शिविरलाई खाली गर्दा यसलाई आश्रयस्थल बनाएका सम्पूर्ण शरणार्थीलाई मानवीय तरिकाले स्वदेश फर्किने वातावरण मिलाइने आश्वासन दिएकी छन्। 

    केन्या सरकारले सोमालियाली अतिवादी समूह अलसावाले सन् २०११ पछि पटक–पटक मुलुकका विभिन्न ठाउँमा विभत्स आक्रमण गर्ने गरेको र उनीहरुले शिविरलाई आश्रयस्थल बनाएपछि शिविर हटाउन परेको बताउदै आएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]