राजनीति

अविश्वासको प्रस्ताव दर्ता गर्ने कांग्रेस- माओवादी निर्णय, कांग्रेसले थाल्यो हस्ताक्षर संकलन

असार २९, २०७३

    काठमाडौं : संयुक्त सरकार गठन गर्न सात बुँदे सहमति गरेका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीले राजीनामा नदिए संसदमा अविश्वासको प्रस्ताव दर्ता गर्ने निर्णय गरेका छन्।

    बुधबार बिहान बसेको कांग्रेस केन्द्रीय समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन आग्रह गरेको छ। उसले प्रधानमन्त्रीलाई राजीनामा दिन, विश्वासको मत लिन वा अविश्वास प्रस्ताव सामना गर्ने तीन विकल्प दिएको छ।

    बुधबार बिहानै बसेको माओवादी शीर्ष नेताको बैठकले पनि प्रधानमन्त्रीले राजीनामा नदिए अविश्वासको प्रस्ताव लैजाने निर्णय गरिसकेको छ। शीर्ष नेताको बैठकपछि बसेको माओवादी संसदीय दलको बैठकले संसदमा प्रधानमन्त्री विरुद्ध अविस्वासको प्रस्ताव लैजाने निर्णय गरेको माओवादी नेता गिरिराजमणि पोखरेले जानकारी दिए।

    कांग्रेसले अविश्वासको प्रस्ताव दर्ता गर्न सांसदहरुको हस्ताक्षर संकलन थालेको छ।

    संसद बैठक तीन बजे

    बिहान ११ बजे बस्ने भनिएको व्यवस्थापिका संसदको बैठक ३ बजेका लागि सरेको छ।  कांग्रेस र माओवादीले प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने निर्णय गरेपछि 'विशेष कारणबस' भन्दै संसद बैठक स्थगित भएको हो। कांग्रेस र माओवादीले संसदमा प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेपछि सत्तारुढ नेकपा एमाले पनि आन्तरिक छलफलमा जुटेको छ।  

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]