काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता...
काठमाडौं : उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापाले परराष्ट्र मन्त्रालय र स्थानीय विकास मन्त्रालयका वरिष्ठ अधिकारीसँग बिदाई भेट गरेका छन्। बुधबार दिउसो दुबै मन्त्रालय पुगेर उपप्रधानमन्त्री थापाले कर्मचारीहरुलाई धन्यवाद दिएको उनका राजनीतिक सल्लाहकार राजाराम बर्तौलाले जानकारी दिए।
राम्रा कामहरुलाई निरन्तरता दिन उनले कर्मचारीलाई आग्रह गरे। ‘आजदेखि मन्त्रालयका कुनै पनि नीतिगत तहका निर्णय उहाँले गर्नुहुन्न’, बर्तौलाले भने, ‘उहाँ आजबाट मन्त्रालय पनि जानुहुन्न।‘ परराष्ट्र मन्त्रालय र स्थानीय विकास मन्त्रालयमा थापाले छुट्टाछुट्टै बिदाई भेट कार्यक्रम गरेका थिए।
केपी ओली नेतृत्वको सरकारबाट सत्तासाझेदार नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि वर्तमान सरकार अल्पमतमा परेको छ। मंगलबार बालुवाटरामा बसेको सत्तारुढ दलको बैठकले सरकारको प्रतिरक्षामा उभिने निर्णय गरेको थियो।
राप्रपा नेपालले वर्तमान सरकारमा उपप्रधान सहित तीन मन्त्रालय पाएको थियो। मन्त्री, राज्यमन्त्री र सहायक मन्त्री गरी वर्तमान सरकारमा राप्रपा नेपालका ८ जना थिए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।