राजनीति

माओवादी मन्त्रीहरुले बुझाए प्रधानमन्त्रीलाई सामूहिक राजीनामा

असार २९, २०७३

    काठमाडौं : नेकपा माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुले बुधबार सामूहिक राजीनामा बुझाएका छन्।

    सरकारमा माओवादीको नेतृत्व गर्ने उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले बुधबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीका आठै जना मन्त्रीको राजीनामा बुझाएका हुन्।

    राजीनामा पत्र बुझाउन उपप्रधानमन्त्री रायमाझी बुधबार दिउँसो सवा १ बजे बालुवाटार पुगेका थिए।  त्यस क्रममा उपप्रधानमन्त्री रायमाझीले प्रधानमन्त्री ओलीसँग ५ मिनेट कुराकानी गरेका थिए। सो क्रममा प्रधानमन्त्री ओलीले माओवादीलाई सफलताको शुभकामना दिएको प्रधानमन्त्रीका एक सल्लाहकारले बताए।

    नेकपा माओवादी केन्द्रले मंगलबार सरकारबाट समर्थन फिर्ता लिएसँगै मन्त्रीहरुलाई पनि फिर्ता बोलाएको थियो। अहिलेको सरकारमा माओवादीले उर्जा, गृह, कृषि, शिक्षा, वन, आपूर्ति, सिञ्चाई र सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी लिएको थियो।  

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]