समाज

जसलाई सरकार हेरेफेरबारे मतलब छैन

असार २९, २०७३

    काठमाडौं : संसद भवनमा दिनैपिच्छे साइरन बजाउदै नेताका गाडी भित्र बाहिर गर्छन्। तिनका अघि पछि पनि धेरै गाडीहरु हुन्छन्। ती मानिसहरु को हुन् र भित्र के गर्छन् भन्नेबारे उनलाई केही थाहा छैन। संसद भवन अगाडि मकै पोल्ने व्यवसाय गर्ने सावित्री गौतमलाई अहिले प्रधानमन्त्री को छन् भन्ने पनि थाहा छैन। भन्छिन् 'विद्मादेवी भण्डारी हुन् कि क्या हो तिनलाई हटाउन लागेको छन् भन्ने सुनेको छु। अरु मलाइ केहि थाहा छैन।'

    सर्लाहीका रामेश्वर राय संसद भवनको दक्षिण गेटमा जुत्ता सिलाउन थालेको ३५ बर्ष भयो हरेक दिन कोही न कोही संसद र नेता आफ्नोमा जुत्ता पालिस गर्न आउँछन्। 'मलाई केही थाहा छैन सरकार कहिले ढल्ने? किन ढल्ने? यो सरकारले गरिबको कुरा सुन्दैन सरकार त ठूला ठूला मान्छेले बनाउने हो, ठूलो मान्छेले जे गर्‍यो त्यही हुन्छ। नेताको काम भनेकै सरकार बनाउने नेता बन्ने हो हामीलाइ केही गर्दैनन्। हामीलाई त यहाँ नबस भनेर भाग्न लगाउँछन्। अहिले प्रधानमन्त्री को हो के गर्छ मलाइ केहि थाहा छैन' उनले भने। 

    त्रिचन्द्र क्याम्पसमा विएस्सी अध्ययनरत टेकराज न्यौपानेलाई सरकार फेरिएको मन परेको छैन। राम्रो काम गर्दा गर्दै केपी शर्मा ओली नेतृत्वको सरकारलाई हटाउन खोज्नु राम्रो नभएको उनी बताउँछन्। 'केपी ओली सरकारले धेरै राम्रो काम गरिरहेको छ। यस्तो राम्रो काम गरिरहेको बेलामा सरकार फेर्ने हो भने गरिरहेको काम पनि नहुन सक्छ' उनले भने 'एउटा सरकारको काम हेर्ने हो भने ५ बर्षसम्म काम गर्न दिनुपर्छ, यसरी एक वर्षमा नै सरकार ढलाउँदा एजेन्डा मात्र बनाउने तर कार्यन्वयन नहुने भएकाले सरकारको कामै हुदैन।'  

    वानेश्वरमा भेटिएका प्रद्युम्न काफ्लेलाई पनि अहिलेकै सरकारलाई सहमतीय सरकार बनाएको भए हुन्थ्यो जस्तो लागेको छ। सरकार फेर्दैमा विकास नहुने उनी बताउँछन्। 'यो सरकार ढलाएर नयाँ सरकार बनाउँदैमा देशको विकास हुँदैन, यो एउटा भागबन्डाको खेल मात्र हो। अहिलेको सरकारले राम्रै काम गरिरहेको छ' उनी भन्छन् 'राजनीतिक रुपमा यो सरकारले लिएको अडानले देशको राष्ट्रियता जोगाएको छ, बजेट पनि राम्रो ल्याएको छ जनताले रुचाएका छन्।'

सविना खनाल

सविना खनाल थाहाखबरमा कार्यरत छन् ईमेल : [email protected]

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]